Comments Add Comment

पपुवा न्यू गिनीमा भूकम्प, सूनामीको चेतावनी

Papua-New-Guinea

१६ चैत, काठमाडौं । पपुवा न्यू गिनीको तटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि तटीय इलाकाहरुमा सूनामीको चेतावनी दिइएको छ ।

पपुवा न्यू गिनीको पूर्वोत्तर शहर कोकोपोमा ७.७ रिक्टर स्केलको भूकम्प गएको छ ।

प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले तीन मिटरसम्म अग्लो सुनामीको लहर कोकोपोको एक हजार किलोमिटरसम्मको क्षेत्रमा आउन सक्ने बताएको छ ।

यसको असर रुस, चीन, जापान, अष्ट्रेलिया, न्यूजिल्याण्ड र इण्डोनेसियासम्म पुग्न सक्नेछ । तर, ती देशहरुमा प्रभाव कम हुनेछ ।

अधिकारीहरुका अनुसार भूकम्पले कुनै ठूलो क्षति नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment