Comments Add Comment

सहमतिमै संविधान बनाउनुको विकल्प छैन : सिटौला

Krishna-sitaula

सन्देश श्रेष्ठ

१६ चैत, पोखरा । नेपाली कांगे्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिमै संविधान बनाउनुको विकल्प नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिटौलाले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई सहमति र वार्तामा आउन आग्रह गरे । दलहरुबीच रहेका विमतिहरु संविधानसभा भवनमा बसेर सहमति खोज्नुपर्ने भन्दै उनले सडकमा उत्रिएर लाठी र मुढा लिएर संविधान निर्माण नहुने टिप्पणी गरे ।

सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक डाक्नुलाई सकरात्मक भन्दै सिटौलाले भने-‘संविधान सभा निमावली हामी आफैंले बनाएकोले पहिला जनता माझ मस्यौदा लैजानु पर्दछ, अनि मात्र कस्तो संविधान आउँदैछ भन्ने जनताबाट परिक्षण गर्न सकिन्छ ।’

उनले वार्ताको ढोका खुल्लै राखेर प्रकृयाबाटै भए पनि संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेस महामन्त्री सिटौलाले राजसंस्था अब र्फकन नसक्ने भन्दै त्यसबारेमा अनावश्यक किचलो ननिकाल्न पूर्व राजाका शुभेच्छुकहरुलाई सुझाव दिए ।

उनले भने-‘राजतन्त्र फेरि व्यँूतिन्छ कि भन्ने खालको कसैलेपनि विचार नराख्नुहोस, पूर्व राजाले पनि पुनः ब्यूँतिन्छ कि भन्ने अपेक्षा नगर्नुहोस, अब फेरीे त्यो सम्भव छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment