Comments Add Comment

‘सुन्तली’सँग सम्बन्ध बिग्रेकाले ‘मेरी बास्सैमा देखिएकी छैन : निरु खड्का(भिडियोसहित)

Niru Khadka (2)
हाँस्य सिरियल ‘मेरी बास्सै’मा कलाकार सिताराम कट्टेल(धुर्मुस)को दिदी भएर काम गरिरहेकी निरु खड्का अहिले देखिन छाडेकी छिन् । यसको पछाडि कारण के त ? उनले राज खोल्दै भनिन्-‘सायद सिरियलमा धेरै कलाकार भएर पनि म अटाइन होला । फेरि भूमिका नआएकाले पनि हुनसक्छ ।

मैले केदार घिमिरे(माग्ने बुढा)सँग काम गरेपछि कुञ्जना घिमिरे(सुन्तली) र मेरो सम्बन्ध केही बिगि्रएको हो । उसको पनि कही मन दुखेको छ, मेरो पनि दुखेको छ । सायद यसैले हुनसक्छ ।’

निरु खड्काले अनलाइनखबरसँग गरेको कुराकानी हेर्नुहोस्

हाल स्टेज कार्यक्रमदेखि हाँस्य सिरियल र म्यूजिक भिडियोमा व्यस्त रहेकी निरु खड्काले अनलाइनखबरसँग कुरा गर्दै आफू वास्तविक जिवनमा केही छुच्ची नै भएको बताइन् । उनले आफ्नो व्यक्तिगत जिवनलाई कसैले दुखाएको खण्डमा चित्त दुख्ने बताइन् । भनिन्-‘म सामान्य मानिस हुँ । पानी जस्तो छ मेरो मन । म चिनिमा घुलेर गुलियो पनि बन्न सक्छु, नुनमा घुलेर नुनिलो पनि बन्न सक्छु । तर तेलमा घुल्न सक्दिन ।’

सानैबाट कलाकार बन्ने सोच मनमा भएपनि उनी नर्स पेशातिर पनि ढल्किएकी थिइन् । नर्सहरुले बिरामीलाई गर्ने सेवाबाट उनी प्रभावित थिइन् । तर, आमाको निधन भएपछि परिवारको जिम्मा उनले नै सम्हाल्नु पर्‍यो ।

तर, पनि नाच्ने र गाउने सोख भने मनबाट हराएको थिएन । केही चलचित्र क्षेत्रमै काम गर्ने मानिसहरुले उनलाई कोरस डान्सरको रुपमा चलचित्र ‘माइली’मा काम दिलाए । त्यो समयमा ७ सय रुपैयाँ पारिश्रमिक पाएको उनको भनाई छ ।

अहिले काम गरे अनुसार पारिश्रमिक पाउँछिन् कि पाउँदिनन् त निरु, भन्छिन्-‘सिरियलको केसमा तलब पाउन गाह्रै हुन्छ । तर, स्टेजमा भने त्यस्तो छैन । ६० प्रतिशत मानिसले नभएरै पारिश्रमिक दिदैनन् । ४० प्रतिशतको भने नियत नै नदिने हुन्छ । बजारबाट उठाउने हो भने ५० हजार भन्दा बढी लिन बाँकी छ ।’

महिला कलाकारले महिला कलाकारको राम्रो भएको हेर्न नचाहने भएकाले पनि यहाँ काम गर्न गाह्रो हुने निरुको वुझाई छ । उनलाई निर्देशक दिनश डीसी, केदार घिमिरे र सिताराम कट्टेलसँग काम गर्न सजिलो लाग्छ । तर, सजिलो भएपनि निर्देशक दिपकराज गिरीसँग काम गर्न केही असहज लाग्ने उनको भनाई छ ।

काम गर्दा दिपकराजले केही भन्छन् कि, बिगि्रयो भने के गर्ने होला भन्ने जस्ता डरले उनलाई सताउँछ । चलचित्र र हाँस्य क्षेत्रमा उनको मिल्ने साथी कोही पनि छैनन् । उनले अब ‘मेरी बास्सै’मा आफू नर्फकने भन्ने कुरालाई अस्विकार गरिन् । कलाकार केदार घिमिरेसँग मिलेर सिरियल गर्न लागेको जानकारी पनि उनले दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment