Comments Add Comment

ललितपुरको ग्वार्कोमा सवारी दुर्घटना, एकको मृत्यु

१६ चैत, काठमाडौं । ललितपुरको ग्वार्कोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दक्षिणकाली चाल्नाखेलकी २४ वर्षकी इन्द्रमाया मगर छिन् ।

किरण घेलेले चलाएको बा ६३ प ४९६६ नम्बरको मोटरसाकइलको पछाडि बसेको उनी ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलबाट खसेकी थिइन् ।

उनलाई मे १ ख १३३३ ट्रकको पछाडिको चक्काले किचेको प्रत्यक्षदर्शीले बताए । महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी किसनसिंह थापाले भने-ओभरटेकका क्रममा ट्रकले मोटरसाइकललाई छाएपछि दुर्घटना भएको हो ।’

दुर्घटनामा घाइते भएकी थापालाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक किरण घले सामान्य घाइते भएका छन् । ट्रक चालक र सहचालकलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment