Comments Add Comment

एशोसिएट देशका लागि आईसीसीले ३ सय मिलियन डलर खर्च गर्ने

N Srinivasanअन्तराष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष एन श्रीनिवासनले एशोसिएट देशहरुका लागि ३ सय मिलियन डलर खर्च गर्ने बताएका छन् ।

यो रकम ८ वर्षर्मा खर्च गरिनेछ । विश्वकपको फाइनलपछि उनले भने-‘हामी चाहन्छौं कि एशोसिएट नेसनको घरेलु संरचनामा सुधार होस् ।’

भारतमा पनि घरेलु क्रिकेटको संरचना बनाउन ८ वर्ष लागेको भन्दै र अहिले रणजी ट्रफीसहितका प्रतियोगिताबाट खेलाडी उत्पादन हुने बताए ।

उनले सन् २०१९ को विश्वकपमा दश टीम मात्र हुने बताए । उनका अनुसार शीर्ष आठ टीमले सिधै विश्वकप खेल्नेछन् भने पुछारमा रहेका दुई टीमले एशोसिएट नेसनसँग छनोट खेल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment