Comments Add Comment

अदिती बनिन् ‘मिस इण्डीया’

miss-inida
दिल्ली यूनिभर्सिटीकी अदिती आर्या यस वर्षको ‘मिस इण्डिया’ हुन सफल भएकी छिन् । मुम्बइमा रहेको यशराज स्टुडियोमा भएको प्रतियोगितामा मुम्बइकी आफ्रिन रेचल वाज फष्ट रनर अप भएकी छिन् । लखनउकी वर्तिका सिंह सेकेण्ड रनर अप भईन् ।

अब हुने ‘मिस वल्ड’ प्रतियोगितामा अदितीले भारतको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै अफरीन र वर्तिकाले अन्य विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने भएका छन् ।

कार्यक्रममा बलिउड नायिका मनीषा कोईराला, नायक जोन अब्राहम, गायक सोनु निगम, नायक अनिल कपुर, नायिका शिल्पा शेट्ठी, सोनाली बेन्द्रे लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

शनिवार साँझ भएको कार्यक्रममा नायिका करिना कपुर, नायक शाहिद कपुर र कमेडियन कपिल शर्माको विषेश प्रस्तुति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment