Comments Add Comment

एकान्तकुना पुगेर मन्त्रीले भने- बिचौलियालाई छिर्न नदिनू (भिडियो सहित)

lal babu pandit at yatayat office (8)

१६ चैत, काठमाडौं । सोमबार दिउँसो राजधानीमा सिमसिम पानी परिरहेको थियो ।मन्त्री लालबाबु पण्डित झण्डावाल गाडीमा चढेर दिउँसो १२ बजे मूलगेटबाट बाहिरिए । मन्त्रीको गाडी २० मिनेटपछि ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पुग्यो । pandit

मन्त्री गाडीबाट अाेर्लेर हिलाे बाटाेमा हिँड्न थाले। कार्यालय जाने बाटाेकाे बिजाेग थियाे ।

मन्त्रीको गाडीलाई पछ्याउँदै अरु दुईवटा गाडीमा प्रशासन सुधार सुझाव कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाल, मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारी, उपसचिव नन्दराज ज्ञवाली, जीतेन्द्र बस्नेत र मन्त्रीका निजी सचिव होमप्रसाद लुइँटेल, स्वकीय सचिव नसिव आलमसमेत थिए ।

सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद लामिछाने र अर्जुन गौतम पनि मन्त्रीको पछि लागेर एकान्तकुना पुगे ।

ठूलो छाता ओढेर यातायात व्यवस्था कार्यालयमा मन्त्री पुग्दा कर्मचारीहरुलाई कुनै पूर्वजानकारी थिएन । कर्मचारीले काम गरिरहेको कोठामा पसेर मन्त्रीले काम कस्तो चलिरहेको छ भनेर प्रश्न गरेर । झ्यालमा बाहिरपट्टबिाट सेवाग्राहीहरु होहल्ला गरिरहेका थिए । बिहानैदेखि आउँदा पनि पालो नआएको उनीहरुले मन्त्रीसँग गुनासो पोखे ।

lal babu pandit at yatayat office (1)

यातायात व्यवस्था कार्यालयमा मन्त्रीको टोलीले करिब एक घण्टामा सबै चोटाकोठा चाहार्‍यो ।  ‘कार्यालय सफा राख्नुपर्दैन ? यस्तो फोहोर के हो ?’ मन्त्रीले यसो भनिरहँदा कार्यालयका हाकिम जवाफ फर्काइरहेका थिए, ‘पानी परेर हजुर यस्तो भएको ।’

मन्त्रीको टोली अकस्मात पुग्दा कर्मचारीहरु समोसा र तरकारी छेऊमा राखेर धमाधम काम गरिरहेका देखिन्थे, बाहिर निकै ठूलो भीडभाड र होहल्ला थियो । तरकारी र अाधा टाेकेको समाेसा टेबलमा राखेर काम गरिरहेकी सुमित्रा श्रेष्ठले अनलाइनखबरसँग भनिन्, बिहानैदेखि काम गर्नुपर्छ, खाना खानेसम्म फुर्सद हुँदैन ।

Yatayat karyalay lalitpur

यसअघि यातायात व्यवस्था कार्यालयमा विचौलिया र भ्रष्टाचारीको बिगबिगी भएको र शौचालयसमेत नभएको अनलाइनखबरमा खबर प्रकाशित भएपछि सरकारले त्यहाँ निगरानी बढाएको हो ।

बिचौलियालाई छिर्न नदिनू, त्यसपछि म जान्दिँन

पानी परिरहेका बेलामा पनि यातायात व्यवस्था कार्यालयमा भीड थियो । कार्यालयमा छिर्ने बाटोसम्म थिएन । शौचालय नभएको गुनासो कार्यालयका उपसिचव राजेश पौडेल आफैंले मन्त्रीसमक्ष राखे ।

मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालय परिसरमा केहीबेर आफ्ना गुनासो सुनाए । कोही भनिरहेका थिए, मन्त्री त यस्तो पो हुनुपर्छ, जनतासँग यसरी आउनुपर्‍यो नि ।  एक महिलाले आफूले फाइल दिएर भित्र विचौलियालाई पठाएको बताएपछि मन्त्री पण्डितले कोही पनि बिचौलियालाई कार्यालयभित्र छिर्न नदिनु भन्ने निर्देशन दिए ।

lal babu pandit at yatayat office (4)

तर, उपसचिव पौडेलले भने लाइसेन्स लिएर आएका पेशेवर लेखन्दासहरु कार्यालयभित्र छिर्ने परम्परा रहेको बताए । तर, मन्त्री पण्डितले मानेनन् । मोरङ जिल्ला प्रशासन कार्यालयमा असम्बन्धित व्यक्ति छिर्दा एक हजार रुपैयाँ जरिवाना गर्ने गरिएको मन्त्री पण्डितले जानकारी दिँदै भने-‘यहाँ कोही पनि बिचौलिया नछिरोस्, छिरेको पाइयो भने त्यसपछि आउने परिस्थितिबारे म केही जान्दिँन,’ नयाँ कार्यालय प्रमुख उमेश बस्नेतको कार्याकक्षमा मन्त्री पण्डितले भने ।

आफूले यातायात व्यवस्था मन्त्री विमललेन्द्र निधिलाई यातायात कार्यालयको निरीक्षण गर्न आग्रह गर्दा पनि नआएपछि आफैं छड्के जाँच गर्न आएको बताए ।

यातायात कार्यालयको कन्तबिजोग

एकान्तकुनामा यातायात व्यवस्था विभाग अन्तरगतका दुईवटा सरकारी कार्यालयहरु छन् । एउटामा साना र ठूला सवारी साधनहरु दर्ता नामसारी आदि हुन्छ । अर्कोमा यातायात व्यवस्था सम्बन्धी थप काम हुन्छ । सवारी चालकसम्बन्धी परीक्षा पनि त्यहीँ हुन्छ ।

कर्मचारीले दिएको जानकारी अनुसार त्यहाँ कर्मचारीको दरबन्दी ६९ जनाको रहेको छ । तर, सेवाग्राहीहरु दैनिक २५ सय आउँछन् । ‘यस्तो कार्यालय र जनशक्तिले त्यति धेरै जनतालाई सेवा दिनै सक्दैन,’ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारी भन्छन्- उपत्यकाको छेऊमा कार्यालय राख्नु नै सही छैन, साथै यो कार्यालयका शाखाहरु काठमाडौं र भक्तपुरसम्म विस्तार नगरी सेवालाई सजिलो बनाउन सकिँदैन ।

यातायात व्यवस्था कार्यालयका उपसचिव राजेश पौडेल चाँहि अनलाइन प्रविधिमा नभएसम्म भीड व्यवस्थापन गर्न नसकिने बताउँछन् ।

मन्त्री ज्यू, मलार्इ पिसाब लागेकाे छ

कार्यालय परिसरमा एक जना युवकले मन्त्रीसँग अलि कडै स्वरमा भने, ‘मन्त्रीज्यू यहाँ शौचालय कहाँ छ, एकपटक सोध्नोस् त, मलाई ट्वाइलेट लागिराखेको छ ।’

toylet

मन्त्रीले सोधे, यहाँ शौचालय छैन र ? युवकले फेरि भने, यो गम्भीर कुरा हो, तपाई साँच्चै अनुगमन गर्न आउनुभएको हो भने शौचालय हेर्नोस् । यत्रो मान्छे हुने सरकारी कार्यालयमा पैसा तिरेर पिसाब फेर्नुपर्छ । हाम्रो पिसाब फेर्ने अधिकार हनन भयो मन्त्रीज्यू ।

मन्त्रीसँग अर्का एकजना सेवाग्राहीले धेरै पैसा तिर्नेलाई बढी राजस्व लिने व्यवस्था गर्न र भीडलाई सहज बनाउन मन्त्रीलाई सुझाव दिए ।लाइनमा बस्नेको काम नहुने र विचौलियामार्फत बढी पैसा लिएर कर्मचारीकै मिलेमतोमा काम भइरहेको सेवाग्राहीले मन्त्रीसमक्ष गुनासो पोखे ।

एक महिलाले विचौलियामार्फत काम गराइरहेको बताइन् । छेवैमा उभिएका कार्यालय प्रमुख राजेश पौडेलले चाहिँ प्रत्येक तलामा शौचालय भएको बताइरहेका थिए । तर, सेवाग्राहीले भने झाडीमा पिसाव फेरेर आएको मन्त्रीलाई सुनाए ।

हेर्नुस्  भिडियो 

सात दिनभित्र विवरण पेश गर्न निर्देशन

अनुगमनमा गएका मन्त्री पण्डितले कार्यालयका समस्याहरु के के छन् र सुधार गर्न के गर्नुपर्छ अनि कति कर्मचारी चाहिएको छ, सोको विवरण सातदिन भित्र लेखेर मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

यातायात व्यवस्था कार्यालयमा रिक्त रहेका २ अधिकृत, ६ नायब सुब्बा र ४ खरदार तत्काल पठाउन सकिने मन्त्री पण्डितले बताएका छन् ।
अनुगमनमा खटिएका प्रशासन सुधार समितिका अध्यक्ष काशीराज दाहालले सरकारी कार्यालयमा शौचालयसम्म नहुनु दुखालाग्दो विषय भएको बताए । ‘कार्यालयका तर्फबाटै हुन सक्ने सुधारका कामहरु तत्काल गरिनुपर्ने र अञ्चल यातायात कार्यालयलाई उपल्यकाका अन्य क्षेत्रमा पनि तत्काल विस्तार गरिनुपर्ने दाहालले बताए ।

मालपोतका कर्मचारीलाई ६ बजे नै हाजिर हुन निर्देशन

 मन्त्री पण्डितको टोली यातायात व्यवस्था कार्यालयको अनुगमन सकेर दिउँसो डेढ बजे कलंकीस्थित मालपोत कार्यालयमा पुग्यो । मन्त्रीले कर्मचारीलाई बिहान कतिबजे आउनुहुन्छ भनेर सोध्दा ७ बजे भन्ने जवाफ पाएपछि छ बजे नै आउन भने ।

lal babu pandit at yatayat office (16)

‘६ बजे मान्छे नै आउँदैनन् हजुर ।’ एक कर्मचारीले यसो भनेपछि मन्त्रीले मान्छे आएनन् भनेर कार्यालयमा हाजिर हुन्न भन्न नपाइने बताउँदै कारवाही होला है भनेर चेतावनीसमेत दिए । मालपोतका कर्मचारीले बिहानैदेखि आउँदा आफूहरुले होटलमा खाना खानुपरेको र १२ घण्टा काम गर्दा पनि थप सुविधान नपाएको भन्दै सुविधाको माग गरे ।

lal babu pandit secret vist (13)

कलंकी मालपोत कार्यालयमा पनि मन्त्री पण्डितले विचौलियालाई कार्यालयभित्र प्रवेशमा रोक लगाउन निर्देशन दिए ।

तस्वीर- कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment