Comments Add Comment

धादिङमा बस जुध्दा ४ कोरियन पर्यटकसहित ५ को मृत्यु

Dhading-Jogimara-accident

  • पर्यटक सवार माइक्रोबस क्षतिग्रस्त अवस्थामा । जसलाई ट्याक्टरले तानेर सडकबाट पन्छाइएको थियो ।

१६ चैत, धादिङवेशी । धादिङको जोगिमारामा सोमबार विहान दुईवटा बस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एक नेपाली र ४ कोरियन नागरिक छन् ।

काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ८५९३ नम्बरको बस र पोखराबाट काठमाडौं जाँदै गरेको पर्यटक सवार बा १ प १०२८ नम्बरको माइक्रो बस जोगिमारा ९ खटौटी खोलामा विहान पौने ११ बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा काठमाडौं गोलढुंगा ९ बस्ने पर्यटक सवार माइक्रो बस चालक रोशन भुसालको मृत्यु भएको छ । यसैगरी मृतक कोरियन नागरिकहरुमा चाङ बोक हि (पासपोर्ट नं. २९८००६३२), नोह योन डुक (पासपोर्ट नं. ५८९९६०१९), चो योङ जा (पासपोर्ट नं. ७७०७६२२९), र ली सङ योङ (पासपोर्ट नं. ३४५३९८२) छन् ।

यसैगरी अर्का कोरियन नागरिक किम नमक्यू (पासपोर्ट नं. १३८६९७८) घाइते छन् । दुर्घटनामा घाइते १७ जनामध्ये गम्भीर अबस्थाका ७ जनालाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश मल्लले अनलाइनखबरलाई जानकारी दिए । बाँकी घाइतेहरुको जोगिमारा अस्पतालमा उपचार भैरहेको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगिमाराको टोली, ट्राफिक प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका थिए । दुर्घटनापछि केहीबेर पृथ्वी राजमार्ग अबरुद्ध भएको थियो ।

सोमबार नै ललितपुर, झापा र जाजरकोटमा भएका दुर्घटनामा एक-एक जनाको मृत्यु भएको छ । कैलालीको लम्कीमा पनि सोमबार नै भएको बस दुर्घटनामा ५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment