Comments Add Comment

३० दलको आन्दोलन प्रतिगामी : रामचन्द्र पौडेल

१६ चैत, काठमाडौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ३० दलको अहिलेको आन्दोलन प्रतिगामी कदम भएको बताएका छन् ।

Ramchandra-Paudel

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सोमवार प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा उनले संविधान जारी गर्नु पर्ने समयमा आन्दोलन गरेर प्रतिगामीहरुलाई फाइदा पुग्ने बताए । दलहरुबीच सहमति गरी संविधान जारी गर्नुपर्ने बेलामा एमाओवादीसहितका दलहरुले प्रतिगमनलाई सघाइरहेको पौडेलले दोहोर्‍याए ।

नेताहरुको जोड सहमतिमै

पत्रकार महासंघको चियापान कार्यक्रममा उपस्थित दलका सबैजसो नेताहरुले सहमतिमै जोड दिएका छन् । दलहरुबीच सहमतिको विकल्प नभएको उनीहरुले बताए ।

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सहमतिबाटै संविधान बनाउनु पर्ने बताए । दलहरुबीच सहमतिको विकल्प नभएकाले आन्दोलन छाडेर सबै दल सहमतिमा आउनुपर्ने उनको भनाइ थियो ।

यस्तै, एमालेका अर्का नेता माधवकुमार नेपालले सहमति गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । उनले सहमतिका लागि दलहरुबीच प्रयास पनि जारी रहेको बताए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दलहरुबीच सहमतिका लागि दबाब दिनका लागि नै आफूहरुले आन्दोलन गर्नुपरेको बताए । उनले आफ्नो मोर्चा सहमति भन्दा बाहिर नभएकाले सहमतिकै लागि सरकार तथा सत्तारुढ दललाई दबाब दिन आन्दोलन गर्नुपरेको उल्लेख गरे ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा महतो नेतृत्वको सदभावना पार्टी पनि आवद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment