Comments Add Comment

इजरायलका पूर्व प्रधानमन्त्री अल्मर्ट भ्रष्टाचारमा दोषी ठहर

Ehud-Olmert

१६ चैत, जेरुसेलम । एक अदालतले इजरायलका पूर्व प्रधानमन्त्री इहुद अल्मर्टलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

जेरुसेलमको एक अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । उनले आफू प्रधानमन्त्रीपदमा रहँदा ठूलोमात्रामा रकम स्वीकार गरी भ्रष्टाचार गरेको भनी परेको मुद्दामा जेरुसेलमको एक अदालतले अल्मर्टलाई दोषी ठहर गरेको हो ।

अल्मर्टले भने भ्रष्टाचारको मुद्दा अस्वीकार गरेका थिए । उनलार्इ यो मुद्दामा यसअघि सफाइ नदिइए पनि केही जरिवाना गरेर छोडिएको थियो । तर, पछि सोही मुद्दामा गरिएको थप अनुसन्धानका क्रममा उनी दोषी पाइएको समाचारमा जनाइएको छ ।

उनलाई एकजना अमेरिकी व्यापारीसँग ठूलो रकम घुस लिएको आरोप लागेको थियो । उक्त मुद्दामा उनलाई करिब छ वर्ष थुनामा राखिएको थियो ।

अब के कति जेल सजाय हुन्छ भन्नेबारेमा भने सुनाइएको छैन । केही समयपछि सजाय सुनाइने बताइएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment