Comments Add Comment

विज्ञ भन्छन्-गैंडा शहर पसेको होइन

१६ चैत, काठमाडौं । हेटौंडा बजारमा पसेको गैंडा आफैं शहर पसेको नभई मान्छेले बिच्क्याएपछि भौंतारिएको विज्ञले बताएका छन् । वन्यजन्तु विशेषज्ञ डा. कपिलमणी ज्ञवालीले गैंडा सामान्य अवस्थामा कहिल्यै पनि शहर नपस्ने बताए ।

Rhaino-at-Hetuda-Bajar

‘गैंडा जंगल छाडेर शहर पसेको भन्ने कुरा बिल्कुल गलत हो, आफ्नो चरनबाट बासस्थान जाने क्रममा उसलाई मान्छेले भड्काएको हुनुपर्छ,’ विश्व वन्यजन्तु कोष नेपालका विज्ञ ज्ञवालीले अनलाइनखबरसँग भने ‘यस्तो अवस्था विरलै हुने गर्छ, यो राम्रो कुरा होइन ।’

गैंडाहरु कहिले काहिँ राती बालीनाली खान जंगल बाहिर निस्कने गर्छन् । यहि क्रममा निकुन्जको जंगलबाट निस्किएको गैंडालाई मान्छेहरुले बिच्क्याएपछि अत्तालिएर भागेको हुन सक्ने ज्ञवालीले बताए ।

‘गैंडा त्यतिकै शहरमा कहिल्यै जाँदैन, हेटौंडा सिमेन्ट उद्योग छेउबाट बिच्किएको गैंडा मान्छेको भीडबाट इरिटेड भएर शहर पसेको हो,’ ज्ञवालीले भने, ‘कसैले डिस्टर्ब नगर्ने हो भने गैंडा आफ्नो बाटो लाग्थ्यो ।’

‘गैंडाले दुःख पायो’

शहरमा गैंडा पसेपछि उसले धेरै दुःख पाएको ज्ञवालीले बताए । जंगलमा चीसो ठाउँमा बस्नुपर्ने जनावर दिनभरी शहरको पिच सडकमा मान्छेको भीडबाट घेरिदा उसले धेरै सास्ती पाएको उनले बताए ।

‘यस्तोबेला गैंडाले आफ्नो अगाडि जे देखे पनि हान्छ, एकजना मान्छेको मृत्यु दुःखद घटना हो,’ ज्ञवालीले भने, ‘तर गैंडाका लागि पनि यो परिस्थिति सामान्य होइन ।’

शहरमा आइसकेको गैंडालाई सहज र सुरक्षित रुपमा निकाल्ने उपाय हात्तीको सहयोग नै हो । ज्ञवालीका अनुसार हात्तीले गाइड गरेर गैंडालाई बासस्थानतर्फ लैजान्छन् ।

यो समाचार पनि पढ्नुहोस्-
शहर पसेको गैंडालाई जंगल फर्काउने प्रयास असफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment