Comments Add Comment

सय वर्षे जवान, जसले ६६ वर्षदेखि कार बेच्ने जागिर गरिरहेछन्

Derrell-Alexanderधेरै मानिस त सय वर्ष बाँच्नै पाउँदैनन् र बाँचिहालेका मानिसहरुका लागि समेत त्यो समय रोगव्याधले थलिएर ओछ्यन पर्ने वा घरमै आराम गरेर बस्ने समय हो । तर अमेरिकाका एक मानिस भने सय वर्षको उमेरमा समेत जागिर गरिरहेका छन्, र त्यो पनि निकै उत्कृष्टताका साथ ।

६६ वर्षदेखि आफुले काम गर्दै आएको कार कम्पनीको बिक्रेता कार्यालयमा उनले हालै आफ्नो १ सयौँ वर्षगाँठ मनाएका छन् ।

ड्यारेल अलेक्जेन्डर नामका ती वृद्ध ह्वाइट माउन्टेन मोटर्समा काम गर्छन् । उमेरका कारण अवकाश लिन अस्विकार गर्दै उनले काम गर्दै आएका छन्, त्यो पनि हप्ताको ६ दिन ।

यस्तो दीर्घायु तथा ससक्त जिवनको राज ? उनी भन्छन्, ‘घरमै बसिरहने तथा टेलिभिजन हेरिरहने मात्र गर्नुभएन भने तपाइँ पनि म जस्तै हुनुहुन्छ ।’
MAIN-Derrell-Alexander

बुवाले अझै काम गर्दैछन् तर उनकी छोरी शेरी रुपेले भने उमेरकै कारण कामबाट अवकाश लिइसकेकी छिन् । उहाँको कामकै कारण उहाँ अघि बढिरहनु भएको छ, उनी भन्छिन् । सायद काम नगरेर घरमै बसेको भए अहिलेसम्म आफ्नो बुवा मरिसक्ने उनको अनुमान छ ।

उनले कार बिक्रेताको जागिर सन् १९४९ बाट खान सुरु गरेका हुन् । त्यसअघि उनले मेकानिकको काम गर्थे । आफुले कहिल्यै घुम्नका लागि कामबाट विदा नलिएको उनको भनाइ छ ।

कार कम्पनीका महाप्रबन्धक ब्राड फोलेन्सबीका अनुसार डेरेल अरु सहकर्मीका लागि प्रेरणाका श्रोत बनिरहेका छन् । हरेक दिन बिहानै उठ्ने, तयार भएर काममा जाने र काम गर्ने- सायद यहीँ कुराले उनलाई निश्चित उद्देश्य तथा अठोट मिलेको छ, ब्राड भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment