Comments Add Comment

पूर्वराजा एक महिने भ्रमणका लागि भारत जाँदै

१७ चैत, काठमाडौ । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ । करिब एक महिना बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र जेठी नातिनी पूणिर्का दिल्ली भ्रमणमा जान लागेका हुन् ।
Gyanendra-Shah-1
उनीहरुका साथमा निजी सचिवलगायत झन्डै आधा दर्जन कर्मचार जिाने कार्यक्रम तय भएको नेपाल समाचारपत्रमा खबर छ । भारत भ्रमणका क्रमम अपार्टमेन्टमै खाना पकाउने व्यवस्थासमेत गरिएको छ । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र उनका निजी सचिव सागर तिमल्सिना यही चैत २२ गते आइतबार र बुहारी हिमानी, उनकी निजी सचिव स्मिता सिंह र छोरी पूणिर्कासहितको टोली चैत २८ गते भारत जानेछ ।

पूर्वरानीको स्वास्थ्य उपचारको लागि भारत जाने भनिएपनि पूर्वराजाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment