Comments Add Comment

फल्कोओले भेट्टाए अर्नोल्डोको गोल रेकर्ड

Radamel Falcao

१७ चैत, काठमाडौं । राडामेल फल्काओले कोलम्बियाका लेजेन्ड अर्नोल्डो इगारानको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।

सोमबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा कोलम्बियाले कुवेतविरुद्ध ३–१ को जित हात पर्ने क्रममा फल्काओले एक गोल गरे । उनले ७४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यो सिजन मोनाकोबाट लोनमा म्यानचेष्टर युनाइटेड आएका उनले ५ महिनामा तीन गोल गरेका छन् ।

तर, कोलम्बियाका लागि भने पाँच दिनमा तीन गोल गरे । यसअघि कोलम्बियाले बहराइनविरुद्ध ६–० को जित निकाल्दा फल्काओले दुई गोल गरेका थिए ।

यससँगै कोलम्बियाका लागि फल्कोओको गोल संख्या २४ पुगेको छ । उनले ५६ खेलमा २४ गोल गरेका हुन् ।

अर्नोल्डो इगारानले ६८ खेलमा २४ गोल गरेका थिए । उनको रेकर्ड २४ वर्षदेखि कसैले तोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment