Comments Add Comment

मंगलबारको दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ललितपुर फाइनान्स समस्याग्रस्त घोषणा, बहराइन कामदार पठाउन तीन मोडालिटी, सुनचाँदी मापदण्ड र निर्देशिका अलपत्र शीर्षकमा मुख्य खबर छापेका छन् ।

कारोबार दैनिकमा ललितपुर फाइनान्स समस्याग्रस्त घोषणा, मेडिकल कलेजमा पैसाको चलखेल, उखुको नयाँ मूल्य उद्योगीले नमान्ने, अनुगमनमै १५ हजारसम्म जरिवाना, तामाकोसीमा फेरि सहमति, सुधारिँदै सार्वजनिक यातायात, राजनीतिक गतिरोध नलम्बउन परिसंघको आग्रह, १४ भन्सार कार्यालयको राजश्व लक्ष्यभन्दा कम लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा बहराइन कामदार पठाउन तीन मोडालिटी, सिर्सिया सुख्खा बन्दरगाह १० वर्षमा पनि सञ्चालन भएन, सीडीएस र सीएमसी इण्डियाबीच सम्झौता, हिउँदे वर्षाले मुसुरो उत्पादनमा ह्रास, आठ महिनामा बीस प्रतिशत काम, सन्धिखर्क-दिल्ली बससेवा सुरु, मध्यपश्चिमको अदुवा युरोप पुग्यो लगायतका खबर छन् ।

नागरिक दैनिकमा मर्जरमा ‘सेयर स्वाप’ अप्ठेरो, सुनचाँदी मापदण्ड र निर्देशिका अलपत्र, १७ दिनपछि तामाकोसी खुल्यो, प्याराग्लाइडिङमा मनलाग्दी उडान, भुरा उत्पादन गर्ने पोखरी सुक्दै, औद्योगिक ब्यवसाय ऐनमा महिलालाई छुट, अस्पताल आसपासका क्यान्टिनमा दूषित खाना लगायतका खबर छन् ।

अभियान दैनिकमा जीएसपी सुविधा प्रक्रियाबारे उद्यमी नै अनभिज्ञ, साढे १७ प्रतिशत घट्यो गरिबी, कार्यदल गठन गर्ने सहमतिपछि माथिल्लो तामाकोसीको काम सुरु, मल्टी-डोनर ट्रष्ट फण्डमा यूएसएआईडी थपियो, वृहत्तर पोखरालाई आईएफसीको सहयोग, एनसेलद्वारा छात्रवृत्ति प्रदान लगायतका खबर छन् ।

आर्थिक दैनिकमा नेपाल ट्रष्टमा जानबाट रोक्न होटल अन्नपूर्णका नयाँ पुरानोको पुनर्मिलन, चिलिमे जलविद्युत आयोजनामा कर्मचारीको दादागिरी, कर छल्नेलाई कारबाही गर्न निर्देशन, एशियाली सेयर बजार उकालो लाग्यो लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

eco5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment