Comments Add Comment

सलमान र अमिरलाई उछिने शाहरुखले !

srk-salman-and-aamirमुम्बई । तीन खान मध्ये नम्बर वान को ? यस विषयमा वेला वेलामा वहस हुने गरेको छ बलिउडमा । बक्स अफिस, विज्ञापन र सामाजिक सञ्जालमा तीन खानको प्रतिस्पर्धा चर्को छ ।

तर, सामाजिक संजाल ट्वीटरमा फलोअरको कुरा गर्ने हो भने प्रतिस्पर्धी दुई खानलाई पछि पार्दै शाहरुख खान पहिलो नम्बरमा पुगेका छन् ।

ट्वीटरमा शाहरुखका एक करोड २० लाख फ्लोअर रहेका छन् भने सलमानको १ करोड १२ लाख र अमिरको १ करोड १९ लाख रहेका छन् । तर, शाहरुख आफै अमिताभ बच्चन भन्दा पछाडी छन् ।

शाहरुख ट्वीटरमा अपनी निजी जिन्दगीको विषयमा समेत शेयर गर्छन् । गएको वर्ष ईदको अवसरमा आफ्नो कान्छा छोरा अबरामको तस्बिर सार्वजनिक गरेका थिए उनले ।

अभिताभ बच्चनको ट्वीटरमा अहिलेसम्म १ करोड ४० लाख फ्लोअर्स छन् । राजनितीक दलका नेताहरुको कुरा गर्ने हो भने ट्वीटरमा सबै भन्दा धेरै फलोअर्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेका छन् । उनलाई ट्वीटरमा पछ्याउनेहरु एक करोड ११ लाख रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment