Comments Add Comment

सभाध्यक्ष नेम्बाङ झन्डै जेलमा !

१७ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंलाई आधार मान्ने हो भने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले १८ दिन जेल भुक्तान गर्न बाँकी छ ।
Subash-Nembang
नेम्बाङसँगै पूर्वगृहमन्त्री भीम रावलले पनि १८ दिन जेलको हावा खानुपर्ने छ ।

नेम्वाङका स्वकीय सचिव बुद्धि खनालले सोमबार जिल्ला अदालत काठमाडौंको रेकर्ड हेर्दा १८ दिन जेल भुक्तान गर्न बाँकी रहेको भनेर सुनाउँदा नेम्बाङ झस्किएका थिए ।

उनले लगत्तै खनाललाई के विषयमा जेल बस्नुपर्ने भनेर सोधेका थिए । नेम्बाङ, रावल र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य भीम न्यौपानेसहति तत्कालीन झापा विद्रोहका समर्थकलाई पञ्चायती व्यवस्थाले २०३३ सालमा पक्राउ गरी राजकाज मुद्दा लगाएको थियो ।

तत्कालीन प्रधानमन्त्री तुलसी गिरीको मन्तव्य राष्ट्रघाती लेखिएको पर्चा बाँडेकामा उनीहरुलाई उक्त मुद्दा लगाइएको थियो ।

नौ वर्षदेखि लगातार राष्ट्रको पाँचौ मर्यादाक्रममा रहेका अध्यक्ष नेम्वाङ र पूर्वगृहमन्त्री रावलले कैद भुक्तान गर्नुपर्ने रेकर्डबारे अदालत आफैंले उनीहरुलाई खबर गरेको भने होइन ।

नेम्वाङ घर व्यवहार मिलाउनका लागि भाइ सुरेशकुमारलाई अधिकृत वारेसनामा दिन गत बिहीबार काठमाडौं जिल्ला अदालत जान लागेका थिए ।

पूर्वतयारीका लागि गएका सुरेशकुमार र नेम्वाङका स्वकीय सचिव खनाल त्यतिबेला तीनछक्क परे, जब अदालतले १८ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले सभाध्यक्ष नेम्वाङको अधिकृत वारेसनामा प्रमाणित गर्न नमिल्ने जानकारी दिइयो ।

तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले सरकारको अवहेलना गरेको भन्दै ६ महिना कैद फैसला गरेका थिए । फैसलाअघि नै ६ महिनाभन्दा बढी जेल बसेकाले रिहा भएका नेताहरुले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरे ।

नेम्बाङका अनुसार क्षेत्रीय अदालतले अञ्चलाधीशकै फैसला सदर गरेकाले थपिएको १८ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालती रेकर्ड बहुदलीय व्यवस्था हुँदै लोकतन्त्र र गणतन्त्रसम्मै कायम रहेको हो ।
फौजदारी मुद्दामा तल्लो अदालतबाट पाएको सजायमा चित्त नबुझी पुनरावेदन गएर हारे केही थप सजाय भोग्नुपर्छ । त्यसै अनुसार १८ दिन कैद थपिएको आजको नागरिक दैनिकमा खवर छ ।

पछि नेम्वाङसहितका नेताले सर्वोच्चबाट सफाइ पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment