Comments Add Comment

पाकिस्तानमा जन्मिएका फवाद अहमद अष्ट्रेलियाको एसेज टीममा

Fawad Ahmed

१७ चैत, काठमाडौं । पाकिस्तानमा जन्मिएका फवाद अहमद अष्ट्रेलियाको एसेज टीममा पर्न सफल भएका छन् ।

अष्ट्रेलियाको टीममा स्पिनर अहमदसँगै भेट्रान ब्याट्सम्यान एडम भोग्स पनि परेका छन् । मिडलसेक्सका कप्तान समेत रहेका ३५ वर्षका भोग्स शेफिल्ड शिल्ड प्लेयर आफ दि इयर समेत हुन् ।

फवाद २०१० मा अष्ट्रेलियामा गएका हुन् । उनले फास्ट ट्राक सिस्टमबाट तीन वर्षमा नै नागरिकता पाए । उनले अष्ट्रेलियाबाट तीन वन डे र दुई टी–२० खेलेका छन् तर, टेष्टमा भने डेब्यू गर्न बाँकी छ ।

घरेलु क्रिकेटमा एडम र फवादको प्रदर्शन शानदार भएकाले टीममा राखिएको हो । दुबैले टीममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छनोटकर्ता रोड मार्सले बताए ।

अष्ट्रेलिया र इंग्ल्याण्डको पहिलो टेष्ट जुलाई ८ मा हुनेछ  ।

अष्ट्रेलियालाई वन डे विश्वकपको उपाधि दिलाउने माइकल क्लार्क नै कप्तान छन् भने स्टिभ स्मिथ उपकप्तान छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment