Comments Add Comment

क्यामेराले निगरानी गर्दैछ रेडपान्डालार्इ

१७ चैत, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा रहेको रेडपान्डा संरक्षण गर्ने उद्देश्यले मावु गाविसमा ट्रापिङ क्यामेरा जडानपछि चोरी–तस्करी नियन्त्रण हुन थालेको छ ।
red_panda
स्थानीयस्तरमा हाब्रेसमेत भनेर चिनिने रेडपान्डा जोगाउन मावुमा पाँच अत्याधुनिक क्यामेरा राखिएको छ । क्यामेरा राखेको थाहा नहोस् भनेर लेन्सबाहेक अन्य भागलाई रूखको टोड्को, झ्याऊ आदि कुनै भागमा लुकाएर राखिएको छ । क्यामेराले वनमा भइरहेको गतिविधि नियमित रुपमा कैद गरिरहेको हुन्छ ।

क्यामेरा राखेपछि अहिले चोरी–सिकारी हुनबाट जोगिएको छ”–रेडपान्डा संरक्षणमा विगत चार वर्षदेखि कार्यरत जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका प्रशासन प्रमुख कृष्ण राईले बताए ।

रेडपान्डा नेटवर्क नेपालको सहयोगमा उक्त संस्थाले रेडपान्डाको तस्करी हुने मावुमा क्यामेरा जडान गरेर निगरानी सुरु गरेको हो । क्यामेरामा चार महिनासम्म ड्यामेज नहुने उच्च कोटीको ब्याट्री राखिएको हुन्छ ।

क्यामेराले कति तस्बिर कैद गर्यो, वनमा कस्ता–कस्ता गतिविधि भइरहेका छन् भन्नेबारे वन अभिभावक राखिएका छन् । वन अभिभावकले मासिक रुपमा तस्बिर हेर्ने र त्यसको जानकारी संरक्षण संस्था र रेडपान्डा नेटवर्कमा दिने गर्दछन् ।

मावुमा रेडपान्डा तथा अन्य वन्यजन्तुको तस्करी गर्नका लागि सिकारीले पासो थाप्ने, अवैध तस्करी गर्नेजस्ता क्रियाकलाप भएकाले सो क्षेत्रमा क्यामेराद्वारा विशेष निगरानी गरिएको हो । “क्यामेरा राखेपछि चोरी तस्करी हुनबाट जोगिएको छ”–वन अभिभावक निमा शेर्पाले भने । चोरी–तस्करी नियन्त्रणका लागि समुदायसमेत सचेत बन्न थालेका छन् ।

मावु, माईमझुवा, माईपोखरी, जमुना, जोगमाई, पुवामझुवा र प्याङ गाविसमा गरी २३ देखि ४० को हाराहारीमा दुर्लभ रेडपान्डा रहेको अनुमान गरिएको राईले बताए । रेडपान्डा संरक्षण गर्न नेटवर्कको सहयोगमा प्रत्येक गाविसमा एकदेखि तीनसम्म गरी १४ वन अभिभावक राखिएको छ । क्यामेराका साथै रेडपान्डाको मासिक विवरण सङ्कलनका लागि वन अभिभावकलाई छवटा जिपिएस प्रदान गरिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment