Comments Add Comment

हट सेलिब्रिटी जसले बलिउड बाहिर भेट्टाए प्रेम

15varun

सामान्यतयाः बलिउड उद्योग भित्र सेलिब्रिटीहरुवीच लिंकअप र ब्रेकअपका खवरहरु आइरहन्छन् । एउटै फिल्ममा काम गर्ने दुई लिड एक्टरहरुवीच लिंकअपका खवर त यति धेरै फैलिन्छन कि फिल्म चलाउने मिडिया स्टन्ट र रियल लिंकअपवीच भेद छुट्टाउनै कठिन हुन्छ ।

तर, बलिउडका सम्बन्धहरु सधै हल्काफुल्का हुन्छन भन्ने हैन् । धेरै बर्षदेखिको प्रेमलाई बिबाहमा परिणत गरेका थुप्रै उदाहरणसमेत छन् ।

तर, केही सेलिबि्रटीहरु भने बलिउडभित्रै आफ्नो प्रेम खोज्ने अभियानबाट टाढै छन् । हालै शाहिद कपुरले दिल्लीमा बिश्वबिद्यालय अध्ययन गर्दै गरेकी एक कन्यासँग बिबाह गर्न लागेको खवर सार्वजनिक भएपछि बलिउडबाहिर प्रेम खोज्ने सेलिबि्रटीहरुको चर्चा हुन थालेको छ ।

तर, शाहिद एकमात्र त्यस्ता कलाकार हैनन् जसले आफ्नो प्रेमी वा जीवनसाथी कला क्षेत्रभन्दा बाहिर खोजेको होस् । बिगतमा सुस्मिता सेन, सिल्पा सेट्टी, जोन अब्राहम लगायतका सेलिबि्रटी थिए जसले सिने उद्योग बाहिर आफ्नो प्रेम पाए ।

को-को हुन त बलिउड बाहिर प्रेम गर्ने समकालीन चर्चित सेलिबि्रटी ? आउनहोस् एकछिन चर्चा गरौं ।

anushka-and-virat

अनुष्का शर्मा-विराट कोहली
नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका उपकप्तान बिराट कोहलीको जोडी पछिल्लो महिना निकै चर्चित रह्यो । लुकिछिपी प्रेम गरिरहेकेा यो जोडीले बिश्वकप क्रिकेटकै अबसर पारेर आफुहरुवीच गहिरो प्रेम सम्बन्ध रहेको स्वीकार गर्‍यो । बिराटले सामाजिक संजालमार्फत् नै अनुष्कालाई ‘माइ लभ’ भन्दै तारिफ गरे भने अनुष्काले पनि एक म्यागेजिनलाई अन्र्तवार्ता दिँदै बिराटसँग डेटिङ गरिरहेको खुलासा गरिन् ।
बिश्वकप सेमिफाइनलमा बिराटले खराव प्रर्दशन गरेपछि भारतीय क्रिकेट फ्यानहरु अनुष्कामाथि खनिए । अनुष्काकै कारण बिराटले खराव प्रर्दशन गरेको भन्दै समाजिक संजालमा उनीमाथि आलोचना भएपछि बिराटले र्फकने बेला मुम्बई एयरपोर्टमा अनुष्काको हात समातेर बाहिरिए ।

बरुण धवन-नतासा दलल
पछिल्लो समय बदलापुरमा राम्रो अभिनय गरेर दर्शक र समिक्षकको तारिफ पाइरहेको बरुणले फेसन डिजाइनर नतासा दललसँग डेट गरिरहेका छन् । तर, यो जोडी निकै लो प्रोफाइलमा रहेर आफ्नो सम्बन्धलाई अगाडी बढाएको छ ।

कहिलेकाहीँ आलिया र बरुणको सम्बन्धका बिषयमा मिडियामा चर्चा हुने गरेपनि बरुणको मन भने केही बर्षदेखि नतासाले जित्दै आएकी छिन् । उनीहरु दुवै आफ्नो सम्बन्धप्रति गम्भीर रहेको बताइएको छ ।

सोनम कपुर-सहिल बेरी
बलिउडमा फेसनका लागि चर्चित सोनम कपुरले दिल्लीमा बसोबास गर्ने मोडल सहिल बेरीसँग डेट गरिरहेकी छिन् । सोनमले आफ्नो सम्बन्धबारे खुलाउन नचाहे पनि उनीहरु सोनमको जन्मदिनको अबसरमा गत बर्ष मिडियासामु एक्सपोज भएका थिए । सोनम र सहिल एउटै गाडीमा आएको भएपनि मिडिया देखेपछि सहिल गाडीबाट बाहिर निस्किन डराएका थिए ।

एलियाना डि क्रुज-एन्ड्रीयु निबोन

एलियाना यतिखेर अष्ट्रेलियाका फोटोग्राफर एन्डि्रयुसँगको प्रेममा छिन् । उनीहरु तुलनात्मकरुपमा आफ्नो सम्बन्धबारे खुला नै छन् । यदि तपाई उनीहरुको ट्वीटर अकाउन्टमा छिर्नुभयो भने एकअर्काप्रतिको खुला प्र्रेम छताछुल्ल देख्नुहुनेछ ।

एकले अर्काको तारिफ गर्ने आफ्नो जोडीमाथि गर्व गर्ने कुरामा उनीहरु तँछाड मछाड गरिरहेको देख्नुहुन्छ ।

john priya

जोन अब्राहम-प्रिया रुचाल

लामो समयसम्म नायिका बिपासा बसुसँगको लिभइन रिलेसनमा रहेका जोनले अचानक एक बर्षपहिले प्रिया रुचालसँग बिबाह गरेर धेरै फ्यानलाई चकित पारिदिए । बापाससँग ब्रेकअप भएको केही महिनामै उनले इन्भेष्टमेन्ट बैंकर प्रियासँग बिबाह गरेको घोषणा गरेका थिए ।

यो जोडीको भेट सन् २०११ मा भएको थियो र गत बर्ष उनीहरुले अमेरिकामा बिबाह गरेका थिए । -बलिउड लाइफबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment