Comments Add Comment

‘बर्थ डे’मा अनमोललाई आनाको साथ

ana-and-anmol
नायक अनमोल केसीले सुटुक्क आफ्नो जन्मदिन मनाएका छन् । कति वर्ष पुरा भए नखुलाएपनि सोमवार उनले पारिवारिक जमघटमा जन्मदिन मनाएका हुन् ।

आमा सुस्मिता बम्जनले अनमोललाई जन्मदिनको पार्टी दिएकी थिईन् । कार्यक्रममा ‘जेरी’की नायिका आना शर्मा लगायत उनका केही साथीहरुको उपस्थिती थियो ।

नायक भुवन केसीका दोस्री श्रीमती सुस्मिता केसीवाट जन्मिएका अनमोल केही लजालु स्वभावका छन् । आफ्नै बुबा भुवन केसीले बनाएको ‘सुपरस्टार, म तिमी बिना मरिहाल्छु’ लगायतका चलचित्रमा वाल-कलाकार भएर अभिनय गरेका छन् उनले ।

‘होष्टेल’ मा नायकको भुमिका निर्वाह गरेका अनमोलले सोही चलचित्रवाट करियरमा फड्को मारे । किशोरीहरुले सर्वाधिक मनपराउने नायकको रुपमा चिनिन्छन् उनी । अर्को फिल्म ‘जेरी’लाई पनि दर्शकले निकै मन पराएका थिए ।

बाबु भुवन र आमा सुस्मिताको सम्बन्ध बिच्छेद भएपछि भुवनसँग बस्दै आएका अनमोन स्पष्ट कुरा गर्छन् । चलचित्रमा प्रवेश गर्नुअघि बाबुको अभिनय र नृत्यशैलीको वारेमा प्रसस्तै आलोचना गर्ने अनमोल अहिले पनि बाबुको छविले नथिचोस् भन्नेमा सचेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment