Comments Add Comment

काठमाडौंलाई सार्क पर्यटकीय राजधानी बनाउन जोड

१७ चैत, काठमाडौं । सरकारले परम्परागत सांस्कृतिक सम्पदा र प्राकृतिक विविधिताको काठमाडौँ सहरलाई दक्षिण एसियाकै पर्यटकीय राजधानी बनाउन पहल गरिने जनाएको छ ।

Ramsaran-mahatअर्थमन्त्री डा. रामशरण महतले दक्षिण एसियाकै विविध पर्यटन नेपालमा रहेको बताउँदै पर्यटनको हिसाबले काठमाडौँ दक्षिण एसियाकै राजधानी बन्न सक्ने ठोकुवा गरे ।

‘यसको आधार भनेको यहाँका राष्ट्रिय सम्पदाको रुपमा रहेका परम्परागत सांस्कृतिक धरोहर हुन्’ महतले भने- ‘यिनको संरक्षण, प्रवर्द्वन गर्न जरुरी छ ।’

संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष रमेश धमलाले पर्यटकीय क्षेत्र राजधानीमा पर्यटक बसपार्क हुनुपर्ने माग गरे ।

पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारीले पर्यटनका लागि सम्भाव्य गन्तव्यको खोजी गरी प्रवद्र्धन गर्नेतर्फ मञ्चले विशेष कार्यक्रम अघि बढाउने जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment