Comments Add Comment

अमेरिकामा अध्यक्षका प्रत्यासी पौडेललाई लौरो उपहार

न्यूयोर्क । न्यूयोर्कको नेपाली गाउँका रुपमा चिनिने रिजउडमा एनआरएन अमेरिकाका प्रत्यासी डा. केशव पौडेललाई अगाडि बढ्ने उत्साह स्वरुप रिजउडवासीले लौरो उपहार दिएका छन् । नडगमगाई सामाजिक सेवाको पथमा अगाडि बढ्न डा. पौडेललाई रिजउडवासीले लौरो उपहार दिएका हुन् ।

dr poudelआसन्न एनआरएन अमेरिकाको निर्वाचनका प्रत्यासी डा. पौडेल रेशमा अगाडि बढेको एक्लो घोडाझैं विनाप्रतिस्पर्धी अग्रपंक्तिमा छन् ।

आगामी मध्य अपि्रलमा तय गरिएको निर्वाचनलाई मध्यनजर राख्दै गत २९ तारिख आइतबार न्यूयोर्कको नेपाली गाउँमा डा. पौडेलको प्रमुख आतिथ्यमा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा न्यूयोर्कलगायत भर्जिनिया, कनेक्टिकट, न्यूजर्सीदेखि बोस्टनका नेपालीहरु सहभागी उपस्थित थिए । ४ सयभन्दा बढी नेपालीको सहभागिता रहेको कार्यक्रममा रिजउड नेप्लिज सोसाइटीका कार्यबाहक अध्यक्ष सरोज श्रेष्ठले डा. पौडेल एनआरएन अमेरिकाको निर्विकल्प अध्यक्ष रहेको जनाउँदै आˆनो समर्थन भएको बताए ।

वर्तमान एनआरएन सहकोषाध्यक्ष सञ्जीव श्रेष्ठले डा. पौडेलले निर्वाचनमा बाजी मार्ने कुनै शंकै नभएको बताए । उनले डा. पौडेललाई आˆनो पूर्ण समर्थन रहेको प्रष्ट पारे ।

यसैगरी वर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण पोखरेलले पनि डा. पौडेललाई खुलेर समर्थन गरे ।
त्यस्तै उपाध्यक्षका उम्मेदवारद्वय बन्दना कोइराला र रविना थापा तथा सदस्यका उम्मेदवार मोहन ज्ञवाली, श्याम भण्डारीले पनि अध्यक्षमा डा. केशव पौडेललाई समर्थन गरेका छन् ।

चिकित्सक पौडेल न्यूमेक्सिकोस्थित एक अस्पतालको डिपार्टमेन्ट चिफ हुन् भने नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् । अमेरिका एनआरएन अध्यक्षका लागि आधा दर्जनबढी प्रत्यासी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment