Comments Add Comment

सन्धिखर्कदेखि दिल्लीसम्म सिधा बस सुरु

१७ चैत, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कदेखि भारतको नँया दिल्लीसम्म सिधा बस सेवा सोमबारदेखि सञ्चालन भएको छ ।

रोजगारीका लागि भारतमा जान बाध्य नेपालीलाई जान–आउन सीमा तथा अन्य क्षेत्रमा पर्ने झन्झटबाट मुक्ति दिलाउने उद्देश्यका साथ बस सेवा सञ्चालनमा ल्याइएको हो ।

यात्रुको सुविधालाई मध्यनजर गरी सुपा देउराली टुर एन्ड टुर्स प्रालि दिल्ली र पश्चिम नेपाल बस व्यवसायी समितिको सम्झौताअनुसार सन्धिखर्कबाट सोमबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन बस सञ्चालन हुने समिति अर्घाखाँचीका शाखा प्रमुख कमल भट्टराईले जानकारी दिए ।

भारतबाट आउँदा सीमा क्षेत्रमा पर्ने झन्झट तथा यात्रु लुटिने, सामान चोरी हुनेजस्ता समस्याबाट अब नेपालीले मुक्ति पाउने भएका छन् । सन्धिखर्कबाट दिल्लीसम्म १८ घन्टामा पुगिने र भाडा प्रतिव्यक्ति नेपाली दुई हजार १ सय रूपैयाँ रहेको छ ।

बस सेवाको सोमबार एक कार्यक्रमबीच सुपा देउराली टुर एन्ड टुर्स प्रालि दिल्लीका अध्यक्ष हरिप्रसाद भट्टराई र पश्चिम नेपाल बस व्यवसायी समिति अर्घाखाँचीका रुट इन्चार्ज रामु बस्नेत तथा कमल भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment