Comments Add Comment

स्वाइन फ्लू भएका एमाले नेता ढकाल अझै खतरामै

१७ चैत, काठमाडौं । एमाले पोलिटव्यूरो सदस्य संसदको राज्य व्यवस्था समितिका पूर्व सभापति रामनाथ ढकालको अवस्था अझै पनि खतरामुक्त नरहेको चिकित्सकहरुले बताएका छन् ।

Ramnath Dhakalस्वाइन फ्लू, निमोनिया जस्ता रोगबाट एकैपटक ग्रस्त भएर पाँच दिनअघि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका ढकालको स्वास्थ्यमा खासै सुधार नआएको चिकित्सकहरुले बताएका छन् ।

ढकाललाई एयर एम्बुलेन्सबाट दिल्ली लैजाने सन्दर्भमा डा. अर्जुन कार्की सहितको टोलीले छलफल गरिरहेको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए ।

‘अस्पतालको भेन्टिेलटरमा भएको विरामीलाई हेलिकोप्टरमा राखेर लैजाने, फेरि एम्बुलेन्सबाट विमानसम्म लैजाने र उता लगेपछि फेरि एम्बुलेन्सबाट अस्पताल लैजादा झन् समस्या हुने कुरा आयो,’ भट्टराईले भने ।

डाक्टरहरुले दिल्लीको एपोलो अस्पतालमा जुन उपचार हुने हो त्यो उपचार बिधी ग्राण्डीमै रहेको बाएका छन् । ढकाल ग्राण्डी अस्पतालको भेन्टिलेटरमा छन् ।

गएरातीदेखि सामान्य ज्वरो आउने र रगतमा डब्लुबिसीको मात्रा बढे पनि खतरामुक्त भने नरहेको जानकारी चिकित्सकहरुले दिएको उनले बताए ।

एमाले लुम्विनी अञ्चल इन्चार्ज समेत रहेका युवा नेता ढकालको उपचारमा संलग्न चिकित्सकहरुसँग एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल लगायतका नेतारुले परामर्श गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment