Comments Add Comment

तोलामा पाँच सय रूपैयाँले घट्यो सुनको भाउ

Gold१७ चैत काठमाडौं । मंगलबार सुनको भाउ तोलाको पाँचसय रुपैयाँले घटेको छ । मंगलबार सुन तोलाको ५१ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने केही सस्तिएको हो ।

मंगलबार चाँदीको भाउ पनि घटेको छ । तोलाको सातसय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार र सोमबार चाँदी प्रतितोला सातसय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment