Comments Add Comment

देव गुरुङ भन्छन्- राजतन्त्र नआउला भन्न सकिन्न

१७ चैत, भक्तपुर । नेकपा-माओवादीका सचिव देव गुरुङले विभिन्न शक्ति केन्द्रहरुले राजनीतिक दलहरुलाई असफल देखाउन खोजेकोले राजतन्त्र पुनरागमन हुनसक्ने आशंका गरेका छन् । उनले नेपालका राजनीतिक दलहरु नयाँदिल्लीको ‘स्ट्याम्प प्याड’ जस्तै भएको टिप्पणी समेत गरे ।

फाइल फोटो
फाइल फोटो

रफत सञ्चार क्लव भक्तपुरमा मंगलबार भएको अन्तरसंवाद कार्यक्रममा गुरुङले भने, ‘नेताहरुको भारतपरस्त नीतिले मुलुक भुटान र सिक्किमिकरण तर्फ अग्रसर बनेको छ, यस्तै अवस्था रहिरहेे देशमा सैनिक शासन वा त्यो भन्दा पनि खतरनाक अवस्था देखिन सक्छ ।’

शक्ति केन्द्रहरुले राजनीतिक दलहरुलाई आन्तरिक द्वन्द्वमा फसाउँदै लगेकोले राजतन्त्रको आगमन हुने कुरालाई नकार्न नसकिने गुरुङले धारणा राखे ।

नयाँ संविधान जारी हुन नसक्नुको कारण विदेशी शक्ति केन्द्रको चलखेल नै मुख्य कारण भएको उनले जिकीर गरे । उनले नयाँ बन्ने संविधानले परिवर्तनकामी जनताको भावना सम्वोधन गर्न नसक्ने जिकीर गरे ।

गुरुङले भने, ‘कथम कदाचित संविधान जारी भैहाले पनि ०४७ सालको पश्चगामी संविधान र त्यो भन्दा पनि जंगे पाराको संविधान जारी हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment