Comments Add Comment

डेढ लाख घुससहित विद्युतका कर्मचारी रंगेहात पक्राऊ

Umesh-Yadav-is-Arrested-by-

  • घुस सहित पक्राउ परेका उमेशकुमार यादव (दायाँ)

गौतम श्रेष्ठ

१७ चैत, गौर । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरका सुपरभाइजर उमेशकुमार यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

यादवले सेवाग्राहीबाट घुस वापत लिएको १ लाख ५० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार दिउँसो पक्रेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी नायव उपरिक्षक सन्तोष आचार्य र काठमाण्डौंका शाखा अधिकृत कृष्ण दाहाल नेतृत्वको टोलीले यादवलाई स्थानीय होटल अल्पाइनबाट घुससहित पक्राउ गरेको हो ।

यादवले रंगपुर २ स्थित राहुल सेलर मिलका सन्चालक बैजु साहबाट रकम लिएका थिए । मिलका लागि टान्सर्फमर किनेर थि्रफेज लाईन जडानका लागि साहले करिब २ महिना अघि प्रधिकरणमा निवेदन दिएका थिए । तर, काम गर्न आलटाल गर्दै पैसा मागेपछि आफूले डेढ लाख रुपैयाँ घुस दिएको साहले बताएका छन् ।

प्राधिकरणका कर्मचारी यादवले भने आफूलाई मिल सञ्चालकले फसाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment