Comments Add Comment

‘होस्टेल रिटर्न्स’को आशातित ट्रेलर सार्वजनिक, चम्केलान् यी कलाकार ?(भिडियाे)

susil-and-swostima
चलचित्रको ट्रेलर सार्वजनिक गर्नका लागि अहिले कार्यक्रम भन्दा पनि युट्युब भरपर्दो माध्यम बनिसकेको छ । ट्रेलर सार्वजनिक गर्नकै लागि कार्यक्रम गर्ने परिपाटी हराउँदै गएको छ ।

तर, नयाँ बर्षको वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’को ट्रेलर सार्वजनिक गर्न काठमाण्डौको क्यूज हलमा कार्यक्रम गरिएको छ । दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । कार्यक्रममा निर्देशक भुषालको जन्मदिनको अवसरमा केक पनि काटिएको थियो ।

सुनिल रावलले निर्माण गरेको यो चलचित्रले कलेज पढ्ने यूवापुस्तालाई आकषिर्त गर्ने विश्वास गरिएको छ । सार्वजनिक ट्रेलरमा होस्टेल जिवनमा हुने विभिन्न घटनालाई रोचक तबरले प्रस्तुत गरिएको छ ।
suraj-bhusal
कार्यक्रममा चलचित्रकर्मी, पत्रकारको बाक्लो उपस्थिती थियो । निर्माता सुनिल रावलले चलचित्र पूर्ण रुपमा मनोरञ्जनात्मक भएकाले दर्शकलाई मनपर्ने बताए । उनले चलचित्रले ‘शिक्षाका लागि रिटर्न्स’ भन्ने अभियान पनि सुरु गरेको बताए । यो अभियान अन्र्तगत नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग गरिनेछ । शिक्षा जस्तो महत्वपूर्ण कुरामा आफूहरु अगाडि बढेकाले पनि यसलाई प्रचार नभन्न निर्माताले आग्रह गरेका थिए ।
swostima
चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका नयाँ अनुहारहरुको अभिनय छ । कार्यक्रममा मुख्य कलाकर शशी श्रेष्ठ भने देखिइनन् । जसका कारण पनि अर्की कलाकार स्वस्तिमा खड्का विशेष हाइलाइटमा रहेकी थिइन् ।

चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ । दुर्गिस फिल्मस्ले यसअघि चलचित्र ‘सायद र होस्टेल’ निर्माण गरिसकेको छ । sunil-rawal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment