Comments Add Comment

शिक्षामन्त्री र त्रिवि पदाधिकारीको बर्खास्तीबारे सहमति जुटेन

Gobinda-KC,-Teaching-Hospit

१७ चैत, काठमाडौं । सरकारले शिक्षामन्त्री र त्रिभुवन विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्नु पर्ने डा. गोविन्द केसीमा माग पूरा गर्न नसक्ने बताएको छ

१० बुँदे माग राख्दै शिक्षण अस्पतालका प्रा. डा. केसी १० दिनदेखि आमरण अनशनमा बसेका छन् ।

वार्तामा अन्य विषयमा भने लगभग सहमति भएको छ । अहिले सरकारी वार्ता टोली प्रधानमन्त्री सुशील कोइरालासँग परामर्श गर्ने भन्दै हिडेका छन् ।

एक सदस्यका अनुुसार वार्तामा डा.केसीको मागका विषयमा बुँदागत रुपमा छलफल भएको थियो । ‘राजीनामा गराउन सक्दैनौं भन्ने उहाँहरुको कुरा छ’ वार्तामा सहभागी एक चिकित्सकले अनलाइनखबरसँग भने-‘यो केसीले उसलाई बटमलाइन बनाउनु भएको छ ।’

रुपन्देहीको खैरेनीस्थित देवदह मेडिकल कलेज र विराट मेडिकल कलेजको सम्बन्ध खारेज गर्नु पर्ने केसीमा मागमा भने कानुन अनुसार गर्ने सहमति नजिक पुगेका छन् ।

नयाँ नीति र विश्वविद्यालय निर्माण नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने र स्वास्थ्य सम्बन्धी दीर्घकालीन नीति तय गर्ने, चिकित्सा तथा नर्सिङ र प्यारामेडिकल कोर्सहरुमा विद्यार्थीलाई निःशुल्क वा न्यूनतम शुल्कमा पढाउने लगायतका मागमा सहमति भएको नेपाल आवासीय चिकित्सक संघका अध्यक्ष रामचन्द्र सापकोटाले अनलाइनखबरलाई बताए ।

उनले भने, १० बुँदे माग मध्ये १, ९ र १० नम्बरका बुँदामा सहमति भैसकेको छ, ८ नम्बर बुँदाको माग पनि लगभग सहमति भएको छ । वार्ता सकारात्मक छ । ‘

उनका अनुुसार सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधि मंगलबार नै साँझ पुनः वार्ता हुनेछ ।

डा. केसीसँग सहमति भए आजै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर अनुमोदन गर्ने र केसीको अनसन तोडाउने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment