Comments Add Comment

दैनिक ४३६ नेपाली पर्यटक मलेसिया भ्रमणमा

Malesia-2

पुष्प दुलाल

१७ चैत, मलेसिया । विकासको तिब्र रफ्तारमा अगाडि बढिरहेको मुलुक मलेसियामा नेपालीहरु श्रम गर्न मात्र होइन, भ्रमणका लागि समेत जाने गर्छन् ।

मलेसियामा वर्षेनी लाखाैं नेपालीहरू घुम्न जाने गरेको मलेसियाको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकले मलेसियाको पर्यटनमा नेपालीहरुको योगदान उच्च रहेको स्पष्ट पार्छ । पर्यटन र पाम आयल मलेसियन अर्थतन्त्रको मूख्य मेरुदण्ड हो ।

मलेसियाको पर्यटन हेर्ने सरकारी निकाय टुरिजम मलेसियामा अनुसार सन् २०१४ मा मलेसिया घुम्न जाने मुख्य २० देशमध्ये नेपाल १७औं स्थानमा परेको छ ।

टुरिजम मलेसियाका अनुसार सन् २०१४ मा एक लाख  ५९ हजार १ सय ४४ जना नेपालीहरु पयर्टक भिषामा मलेसिया आएका छन् । मलेसियाले २०१४ लाई ‘भिजिट मलेसिया-२०१४’ का रुपमा मनाएको थियो ।

तर, मलेसियाबाट नेपाल भ्रमणमा जाने पर्यटक भने नगन्य रहेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१४ मा १६ हजार ६ सय ७ जना मलेसियन पर्यटक नेपाल भ्रमणमा गएका थिए ।

मलेसिया र नेपालबीच पुरानो सम्बन्ध भएको हुँदा धेरै नेपालीहरु मलेसिया भ्रमणमा आउने गरेको टुरिजम मलेसियाकी अन्तराष्ट्रिय पर्यटन प्रवर्द्धन विभाग अधिकृत सलिमाह मादअली बताइन । नेपालीहरु बिदा मनाउन र सपिङका लागि मलेसिया आउने गरेको उनको भनाई छ ।

मलेसिया घुम्न जाने कुन देशका कति ? (सन् २०१४ मा)

देश पर्यटक
सिंगापुर १३९३२९६७
इन्डोनेसिया २८२७५६७
चीन १६१३३५५
थाइल्याण्ड १२९९२९८
ब्रुनाई १२१३११०
भारत ७७०१०८
फिलिफिन्स ६१८५३८
अष्ट्रेलिया ५७१३२८
जापान ५५३१०६
बेलायत ४४५७८९
दक्षिण कोरिया ३८५७८९
भियतनाम २८५७१६
ताइवान २७४६६४
अमेरिका २६२१०५
ब्ंगलादेश २०४४१८
फ्रान्स १६९९७३
नेपाल १५९१४४
जर्मनी १५८४५३
साउदी अरेबीया ११३९२१
नेदरल्याण्ड ९७९८८

स्रोत : टुरिजम मलेसिया

पछिल्लो समय नेपाली ठूला कर्पोरेट हाउसका मिटिङ, सेमिनार तथा वाषिर्क सभाहरु समेत विदेशमा हुन थालेका छन् । विदेशमा बैठक गर्ने कर्पोरेट हाउसहरुले मलेसिया, बैंकक, दुबई, सिंगापुर लगायतका मुलुकलाई गन्तव्य बनाउने गरेका छन् ।

‘पहिले धेरै नेपालीहरु बि्रटिस आर्मीको रुपमा मलेसियामा कार्यरत हुनुुहन्थ्यो, अहिले धेरै नेपालीहरु श्रमिकका रुपमा कार्यरत हुनुहुन्छ’ मादअलीले भनिन्- ‘नेपाल र मलेसियाबीच लामो सम्बन्धले पर्यटनमा पनि सहयोाग पुर्‍याएको छ ।’

मलेसिया पछिल्लो समयमा विकसित भएको देश भएकाले यहाँको विकास हेर्न पनि धेरै नेपालीहरु आउने गरेको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकर बहादुर पौडेलले जानकारी दिए ।

‘धेरै नेपालीहरु यहाँको विकास हर्न पनि आउने गर्छन’ पौडेलले भने -त्यसो त पछिल्ला वर्षहरुमा मलेसियाको समग्र पर्यटन उद्योग नै बढिरहेको छ ।’

मलेसिया नेपालको मुख्य श्रम गन्तव्य हो । हाल सात लाखको हाराहारीमा नेपालीहरु मलेसियाको श्रम बजारमा कार्यरत छन । चालू आर्थिक वर्षको आठ महिनामा डेढ लाख नेपाली रोजगारीका लागि मलेसिया गएको श्रम तथा रोजगार विभागले जनाएको छ ।

सिंगापुरबाट सबैभन्दा धेरै पर्यटक मलेसिया घुम्न आउने गरेका छन् । सिंगापुरबाट सन् २०१४ मा एक करोड ४० लाख पर्यटक मलेसिया भित्रिएका छन् । दोस्रोमा इन्डोनेसिया रहेको छ । जहाँबाट २८ लाख २७ हजार पर्यटक मलेसिया घुम्न आएका थिए । तेस्रोमा चीन रहेको छ भने चौथोमा थाइल्याण्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment