Comments Add Comment

अलैची बिक्रीबाट ५ करोड आम्दानी

१७ चैत, मन्थली । रामेछापमा यस बर्ष अलैची बिक्रीबाट ५ करोड बराबरको अम्दानी भएको छ । ४८ हजार हेक्टर क्षेत्रफलबाट २२ मेट्रिक टन अलैची उत्पादन भएको र त्यसको बिक्रीबाट ५ करोड आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Alaichiगत बर्षको तुलनामा यस बर्ष १० मेट्रिक टन बढी अलैची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हिमाल भुसालले जानकारी दिए ।

रामेछापमा ६२ हजार हेक्टर क्षेत्रफलमा अलैची खेती बिस्तार गरिएको छ । खेती बिस्तार गरेको ३ बर्षमा मात्र फल दिने भएकाले यो बर्ष ४८ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन लिइएको छ ।

रामेछापका गुम्देल, बाम्तीभन्डार, कुबुकास्थली, पि्रती, गुप्तेश्वर, भुजी, दोरम्बा, डढुवा, रस्नालु, बेताली लगायतका गाविस अलैचीको पकेट क्षेत्र हुन् । प्रमुख नगदे बाली अलैचीबाट रामेछापका किसानहरुको आर्थिक अवस्थामा पनि सुधार आएको छ ।
-रामहरि श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment