Comments Add Comment

स्वाइन फ्लुले भारतमा एक नेपालीको मृत्यु

puran mallaफरिदावाद । भारतको फरिदावादमा एक नेपालीको स्वाइन फ्लुका कारण मृत्यु भएको छ । रुकुमको शोेभा गाविस- ३, निवासी पुरन मल्लको स्वाइन फ्लुका कारण मृत्यु भएको अखिल भारत नेपाली एकता समाजले जनाएको छ ।

मल्लको मृत्युबारे जानकारी लिन समाजको वल्लमगढ एरिया समितिका प्रतिनिधिहरु पुगेका थिए । मल्लको झण्डै २५ दिनअघि नै मृत्यु भएको भए पनि ढिला गरी जानकारी प्राप्त भएको हो । छोरीहरु र श्रीमतीबाहेक अन्य आफन्तजन नरहेको हुँदा समाजको पहलमा दाहसंस्कार गरिएको थियो । मृतक मल्लका श्रीमती र ४ छोरी छन् ।

समाजकै पहलमा ११ हजार ९ सय ७० रुपैयाँ आर्थिक संकलन गरी मृतकका परिवारलाई पठाइएको समाजले जनाएको छ ।

मल्लपत्नी भीमादेवीलाई समाजका कार्यकर्ताहरु चन्द्रबहादुर अधिकारी, हरिप्रसाद पोख्रेल र रेशमले सो आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । मूल प्रवाह नेपाली एकता समाज फरिदावादले भारतमा छरिएर रहेका नेपालीहरुलाई स्वाइनफ्लुबाट सजक रहन समेत अपिल गरेको छ ।

(धनवीर पुनबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment