Comments Add Comment

पूजा गर्दै सुरु भयो ‘क्लासिक’को गीत रेकडिङ, फर्केला ‘नोभेम्बर रेन’को सफलता ?

calssic-geet-recording
चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेर सफलता पाएका निर्माता सुवास गिरी ‘क्लासिक’ चलचित्र निर्माणमा जुटेका छन् । यो चलचित्रको सवैभन्दा सशक्त पक्षको रुपमा संगीतलाई पनि ध्यान दिइएको छ । काठमाण्डौको सिनेजोन स्टूडियोमा मंगलबार चलचित्रको म्युजिक इन्सर्ट गरिदै गीत रेकर्डिङ सुरु गरिएको छ ।

निर्माता सुवास गिरीले संगीतकार ताराप्रकाश लिम्बुले संगीत उत्कृष्ट गरेकाले पनि गीतसंगीतमा सुरुवातबाटै बिशेष ध्यान दिएको बताए । सुवास इन्टरटेन्मेन्टले नायक आर्यन सिग्देलको आर्यन सिग्देल इन्टरटेन्मेन्टसँग सहकार्य गर्दै यो चलचित्र बनाउन लागेको हो ।

म्यूजिकल लभस्टोरी यो चलचित्रको गीत इन्सर्ट कार्यक्रममा निर्देशक दिनेश राउत, संगीतकार ताराप्रकाश लिम्बु, निर्माताद्धय सुवास गिरी र कमल गिरी, गायक युवराज चौलागाई, गायिका मेलिना राई, छायांकार राजेश श्रेष्ठ, एसोसियट निर्देशक विकास सुवेदी, एरेन्जर राजन इशान उपस्थिती थिए । संगीतकार ताराप्रकाश लिम्बुले चलचित्र ‘नोभेम्बर रेन’को भन्दा पनि उत्कृष्ट संगीत तयार पारेको दाबी गरे ।
calssic-teamयो चलचित्रमा नायक आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहनेछन् । चलचित्रको छायांकन वैशाखबाट सुरु गरिनेछ । दयाहाङ राइको समेत अभिनय रहने चलचित्रमा छेतन गुरुङको कथा छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । फागुनबाट छायांकन सुरु गर्ने भनिएतापनि नायक आर्यन सिग्देलको शरीर फिट नभएपछि वैशाखमा सेड्यूल सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment