Comments Add Comment

२ सुन्दरीसँग रमेशको र्‍याम्प, ‘ब्रासलेट’ले भाग्य चम्काउने आशा(भिडियो रिपोर्टसहित)

namrata-and-rajani
चलचित्र ‘सो सिम्पल’को पीडा भुलाउँदै निर्माता केशव भट्टराइले नयाँ चलचित्र ‘ब्रासलेट’ बनाउन लागेका छन् । यो चलचित्रको आज काठमाण्डौको एभरेष्ट होटलमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरियो । चलचित्रलाई निर्मल शर्माले निर्देशन गर्दैछन् ।

कार्यक्रममा देखिएको रोचक दृश्यको भिडियो रिपोर्ट हेर्नुहोस्


चलचित्रबाट लामो समयपछि नायक रमेश उप्रेती चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । रमेश यसकारण पनि उत्साहित देखिएका छन् । रमेशलाई चलचित्रमा दुई नायिका रजनी केसी र नम्रता  सापकोटाले साथ दिनेछन् ।
ramesh-and-rajani
कार्यक्रममा कलाकारले र्‍याम्प नापेर आफ्नो परिचय दिएका थिए । चलचित्रमा रितिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाज लगायतका कलाकार पनि देखिनेछन् । यो चलचित्र थ्रिलर कथामा निर्माण हुन लागेको जानकारी निर्देशक शर्माले दिएका छन् ।
karisma-and-rameshचलचित्रलाई शुभकामना दिन कलाकारहरु करिश्मा मानन्धर, दिपकराज गिरी, दीपाश्री निरौला एभरेष्ट होटल पुगेका थिए । निर्देशक निर्मल शर्माले ‘चकलेट, ब्रासलेट र डन्डिबियो’ नामका चलचित्र निर्देशन गर्ने र चलेको खण्डमा कहिले यो काममा नआउने बताए । braclet-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment