Comments Add Comment

चिनी मिलमा उखु किसानबाट तालाबन्दी

१७ चैत, नवलपरासी । उखुको मूल्य भुक्तान नगरेको भन्दै किसानहरुले नवलपरासीको प्रतापपुर ५ गंगापुरस्थित इन्द्रा सुगरमिलमा तालाबन्दी गरेका छन् ।

sugarcaneकिसानहरुका अनुसार इन्द्रा सुगर मिलबाट मात्रै ८ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ ।

नवलपरासीको गुठी सूर्यपुरा ९ डिबनी बस्ने सदरी गुप्ता नेतृत्वको किसानहरुको समूहले मंगलबार विहान साढे ११ बजे तालाबन्दी गरेको हो ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल चार सय ६१ रुपैयाँ निर्धारण गरेको छ । तर, इन्द्रा सुगर मिलले सरकारले तोकेको मूल्य त परै जाओस् पेश्की रकम समेत नदिएको किसानहरुको गुनासो छ ।

नवलपरासीमा ४ वटा चिनी मिल छन् । ति मिलका सञ्चालकहरुले रकम भुक्तानी नगर्दा किसानहरु मर्कामा परेका छन् ।

-रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment