Comments Add Comment

डानियल भिट्टोरीले अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिए

Daniel-Vettori

न्यूजिल्याण्डका अल टाइम लिडिङ विकेट टेकर डानियल भिट्टोरीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले न्यूजिल्याण्डको लागि ४४२ अन्तराष्ट्रिय खेलमा ७०५ विकेट लिएका छन् । सन् २०१५ को विश्वकपमा १५ विकेट लिएका उनी आईसीसीको विश्वकप टीममा पर्न सफल भएका थिए ।

सन्यासको घोषणा गर्दै भिट्टोरीले भने-‘विश्वकपको फाइनल न्यूजिल्याण्डबाट मेरो अन्तिम खेल थियो । र, यो रमाइलो अन्त्य थियो ।’

पछिल्लो छ हप्ताप्रति आफूलाई गर्व रहेको भन्दै उनले भने-‘यो जितको भए ठूलो हुने थियो । फाइनलमा जित निकाल्न नसकेपनि म्याकलम र माइक हसनले गरेको सर्पोट प्रति खुसी छु ।’

भिट्टोरीले सन् २००३ मा हृयामिल्टनमा पाकिस्तानबिरुद्ध ९ नम्बरमा ब्याटिङ गर्दै मेडन सेन्चुरी प्रहार गरेका थिए ।

डेब्यूको एक बर्षपछि उनले वनडे क्रिकेटमा पहिला पटक न्यूजिल्याण्डको कप्तानी सम्हाले । जुन खेलमा बंगलादेशबिरुद्ध न्यूजल्याण्ड १३८ रनले पराजित भएको थियो ।

उनले १९९७ मा न्यूजिल्याण्डको टेस्ट टीममा डेब्यू गरे । त्यसै बर्ष नै उनले वनडे क्रिकटमा पनि डेब्यू गरेका थिए । तर, टी-२० मा डेब्यू गर्न भने उनले २००७ सम्म कुर्नु परेको थियो ।

भिट्टोरीले सन् २०११ को विश्कप पछि टेस्ट र वनडे क्रिकेटको कप्तानीबाट बिदा लिएका थिए ।

पछिल्लो समय अलराउण्डर प्रर्दशन गर्दै आएका भिटोरीले टेष्ट क्रिकेटमा ३० को औसतमा ६ शतकसहित ४ हजार ५३१ र एक दिवसीय क्रिकेटमा २ हजार २५३ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment