Comments Add Comment

रिलायन्स लोटसको शाखा पोखरामा

Relaince-Finance
सन्देश श्रेष्ठ
१७ चैत, पोखरा । रिलायन्स लोटस फाइनान्सले पर्यटकीय नगरी पोखरामा शाखा बिस्तार गरेको छ । शाखाको पाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीकले उद्घाटन गरे । यो सँगै फाइनान्सका शाखा संख्या चार पुगेका छन् ।

राजधानीको भृकुटीमण्डमा प्रधान कार्यालय रहेको फाइनान्सको नयाँ शाखाबाट मंगलबार देखि नै कारोबार सुरु गरेको छ । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले पोखरामा बलियो नेटवर्क बनाउन खोजेको बताए ।

फाइनान्सको पहिलो शाखा काठमाडौंको धर्मपथमा रहेको छ भने नारायणगढमा दोस्रो र लमजुङको बेशी सहरमा तेस्रो शाखा सञ्चालनमा छ ।

फाइनान्सको कुल निक्षेप एक अर्ब ६५ करोड रहेको छ भने कर्जा लगानी एक अर्ब ३७ करोड रहेको छ । अधिकृत पँुजी ६५ करोड, जारी पुंँजी ३२ करोड, चुक्ता पुँजी ३२ करोड रहेको फाइनान्सका ३ हजार ऋणी र ५ हजार निक्षेपकर्ता रहेको श्रेष्ठले जानकारी दिए ।

फाइनान्सले व्यापार, कृषि, पर्यटन, हाउजिङ, हायर पर्चेजमा १२ देखि १३ प्रतिशतमा ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । निक्षेपमा ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएको फाइनान्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment