Comments Add Comment

मेस्सी युरोपकै उत्कृष्ट फवार्ड, रोनाल्डो २९ औं नम्बरमा

Messi 23  hat trick

१७ चैत, काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सी युरोपको उत्कृष्ट फवार्ड बनेका छन् । तर, चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो भने २९ औं स्थानमा परेका छन् ।

सीआईईएस फुटबल अब्जरभेटरीले २०१५ का उत्कृष्ट फुटबलहरुको सूची सार्वजनिक गरेको छ । गोल, अबसर श्रृजना, बल वितरण लगायतका आधारमा खेलाडीहरुको र्‍याङ्किङ तयारी पारिएको उसले बताएको छ ।

फवार्डको सूचीमा मेस्सी १०० अंकका साथ शीर्ष स्थानमा छन् भने बार्यन म्युनिखका आर्जेन रोबिन र तेस्रो स्थानमा वल्फसबर्गका बस डोस्ट परेका छन् । बार्सिलोनाका स्वरेज चौथो, चेल्सीका डिएगो कोस्टा पाँचौ, टोटनहृयामा हृयारी केन छैटौं स्थानमा छन् । बार्सिलोनाका नेयमार १२ औं स्थानमा छन् ।

ronaldo

मेस्सीले २०१५ मा १९ गोल गरेका छन् भने १३ गोलका लागि अवसर श्रृजना गरेका छन् । रोनाल्डोले भने १० गोल गरेका छन् र ४ गोल असिस्ट गरेका छन् ।

उत्कृष्ट अट्याकिङ मिडफिल्डरहरूको सूचीमा चेल्सीका इडेन हजार्ड शीर्ष, आर्सनलका ओजिल दोस्रो र म्यानचेष्टर सिटीका नाभास तेस्रो स्थानमा छन् ।

फुलब्याकमा सिटीका क्लिसी शीर्ष स्थानमा छन् । रियल मडि्रडका मार्सेलो दोस्रो र बार्यनका राफिन्हा तेेस्रो स्थानमा छन् । डिफेन्सिभ मिडफिल्डरमा डर्टमुण्डका नुरी साहिन, युभेन्टस पोग्बा र सिटीका फर्नान्डिन्हो शीर्ष तीनमा छन् ।

सेन्ट्रल ब्याकमा स्पाहिच शीर्ष, मार्टिन डिमिकेलस दोस्रो र माट हमल्स तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment