Comments Add Comment

नेपाल र अष्ट्रेलियाको क्रिकेट हेर्न १६३ रुपैयाँको टिकट

१७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले फिलिप हृयूजको सम्झनामा हुन लोगेको नेपाल र अष्ट्रेलिया बीचको खेल हेर्न टिकटको व्यवस्था गरेको छ ।

Can-Logoनेपाल र अष्ट्रेलियाली टीमबीच चैत २८ गते शनिबार कीर्तिपुरमा मैदानमा ६३ ओभरको खेल हुनेछ । खेलका लागि १६३ रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

सोही दिन अष्ट्रेलिया क्रिकेटका अध्यक्षले सर्वोच्च शिखर सगरमाथा लैजान हृयूजको जर्सी तथा ब्याट हस्तान्तरण गर्ने कार्यक्रम छ । 

हृयूजको जर्सी तथा ब्याट सगरमाथाको चुचुरोमा पु-याउन जाने आरोहण टिमलाई आवश्यक पर्ने खर्च जुटाउन टिकटको व्यवस्था गरिएको क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिकट इसेवा वा संघको कार्यालय मूलपानी र कीर्तिपुर मैदानस्थित कार्यालयमा चैत्र १८ गतेदेखि २५ गतेसम्म लिन सकिनेछ ।

यसैबीच नेपाल क्रिकेट संघ र नेपाल टेलिभिजनबीच तीन वर्षे सम्झौता भएको छ । क्यान र एनटीभीले २०६२ सालदेखि गर्दै आएको सहकार्य मंगलबारबाट लागू हुने गरी नविकरण गरिएको क्यानले जनाएको छ । सम्झौता अनुसार अब नेपाल टेलिभिजनले क्यानले आयोजना गर्ने खेलहरुको प्रत्यक्ष प्रशारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment