Comments Add Comment

अध्यक्ष पाण्डेलाई रिहाई गर्न महासंघको माग

१७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भ्रष्टाचार कसूरमा पक्राउ परेका अध्यक्ष प्रदिपजंग पाण्डेलाई रिहाई गर्न सरकारसँग आग्रह गरेको छ ।

पञ्चायतकालीन मुद्दामा भएको फैसला कार्यान्वयन गर्ने सवालमा यही चैत ३ गते प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डेको pradeep jang Pandeपक्राउले निजी क्षेत्र हतोत्साही भएको महासंघले ठहर गरेको छ ।

मुलुकको अर्थतन्त्रलाई माथि उठाउन, उद्योग व्यवसाय विस्तार गर्न, सरकारका सवै कार्यक्रममा साथ र सहयोग दिंदै आएको महासंघका निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेलाई सम्मानजनकरुपमा रिहाई गर्न सरकार र सरोकारवाला सँग आग्रह गरेको छ ।

‘राज्य संयन्त्रबाट गरिएको व्यवहारबाट सिंगो निजी क्षेत्र मर्माहत भएको छ’ महासंघले भनेको छ- ‘मुलुकमा उद्योग व्यवसाय गरेर राजस्व र रोजगारीमा योगदान दिने प्रतिष्ठित उद्यमी पाण्डेउपर राज्यबाट भएको व्यवहारले सिंगो निजी क्षेत्र हतोत्साहित भएको छ ।’

सरकारपछिको दोस्रो ठूलो सञ्जाल भएको महासंघले यसको स्थापना कालदेखि मुलुकको अर्थतन्त्रको सवलीकरण एवं औद्योगिक विकास एवं विस्तारमा सरकारसँग सहकार्य गर्दै आएको महासंघले जनाएको छ ।

मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावरण वनाउनु पर्ने र मुलुकभित्र उद्योग व्यवसाय गर्ने उपयुक्त वातावरण छ भन्ने संदेश राष्ट्रिय/अन्तराष्ट्रिय परिदृश्यमा दिनुपर्ने महासंघको भनाई छ ।

राष्ट्रको अर्थतन्त्रमा ७२ प्रतिशत योगदान रहेकोे निजी क्षेत्रलाई नेतृत्व गरिरहनु भएको व्यक्तित्वलाई हठात कठघरामा पुरर्‍याइएको अवस्थाले औद्योगिक व्यवसायको विकास र विस्तारमा प्रतिकुल असर पर्नुको साथै अनुकुल बन्दै गएको लगानी वातावरणलाई समेत निरुत्साहित गर्न सक्ने महासंघको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment