Comments Add Comment

प्रभुमाथि हत्या योजनाको आरोप लगाउने सभासदलाई एमाओवादीले स्पष्टिकरण सोध्ने

१७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले ‘प्रभु साहले अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बनाएको’ सार्वजनिक अभिव्यक्ति दिने सभासदद्वय सत्यनारायण भगत र अशोक जैसवाललाई स्पटिकरण सोध्ने भएको छ ।

Maoist-buildingमाओवादीको मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले नेताद्वयलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । ‘स्पष्टिकरण सोध्ने निर्णय भएको छ’ कोषध्यक्ष हरिबोल गजुरेलले अनलाइनखबरसँग भने ।

साथै बैठकले दुबै सभासदलाई यस्ता अभिव्यक्ति नदिन समेत गराउने निर्णय समेत गरेको छ ।

हालै मात्र भगत र जैसवालले वीरगञ्जमा पत्रकार सम्मेलन गरी साहले पार्टी अध्यक्ष प्रचण्ड र आफूहरुको हत्या गर्ने योजना बनाएको आरोप लगाएको समाचार सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment