Comments Add Comment

कांग्रेस नेताको घर कब्जा गर्ने विप्लव माओवादीका नेता पक्राउ

१७ चैत, डोटी । नेपाली कांग्रेसका नेता पदमराज जोशीको घर कब्जामा संलग्न नेकपा माओवादीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले माओवादीका कार्यकर्ता डोटी गड्सेराका सुरेन्द्र देउवालाई सोमबार पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी  जनक शर्माले जानकारी दिए ।  सुराकीका आधारमा पक्राउ परेका देउवालाई जिल्ला अदालतबाट म्याद थप गरेर मुद्दा चलाइने जिप्रका डोटीले जनाएको छ ।

गत फागुनमा माओवादीले डोटीको दक्षिण क्षेत्रमा पर्ने बिपीनगरस्थित जोशीका घरमा पार्टीको झन्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो । उक्त घरमा इलाका वन कार्यालय र केही शिक्षक भाडामा बस्दै आएका थिए भने जोशी र उनको परिवार काठमाडौँमा छन् ।

यसैबीच नेकपा माओवादीले सचिवालय सदस्य देउवाको बिनासर्त रिहाइको माग गर्दै रिहाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment