Comments Add Comment

चार खेलमा १७ गोल खायो नेपालले

१७ चैत, काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप छनोट फुटबलको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपाल प्यालेस्टाइनसँग ४-० गोल अन्तरले पराजित गरेको हो । तेहरानमा भएको खेलमा प्यालेस्टाइनलले पहिलो हाफको ३१ औं मिनेटमा पहिलो गोल गरेको थिए ।

दोस्रो हाफमा नेपालले थप तीन गोल खायो र ४-० गोल अन्तरले पराजित भयो ।

छनोटमा नेपालले सबै खेलमा हार व्यहोरेको छ । नेपालले चार खेलमा १७ गोल खाएको छ । नेपालले विपक्षी टोलीविरुद्ध एक गोल पनि गर्न सकेन ।

पहिलो खेलमा इरानसँग ५-० ले पराजित भएको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग २-० ले स्तब्ध भएको थियो । आफ्नो तेस्रो खेलमा नेपाललाई साउदी अरबले ६ गोल हानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment