Comments Add Comment

गोविन्द केसीले आज अनसन तोड्ने, केसीको मागमा सरकार सकारात्मक

१८ चैत, काठमाडौ । बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशनमा उर्लिएको जनसमर्थन र देशभका चिकित्सक तर्फबाट आएको दबाबपछि सरकार अधिकांश माग पूरा गर्न तयार भएको छ ।
Gobinda-KC,-Teaching-Hospit
सरकार अधिकांश विषयमा सहमति गर्न तयार भएपछि डा. केसीले आज नै अनसन तोड्न सक्ने सम्भावना रहेको छ । उनी दश दिनदेखि विभिन्न १० सूत्रीय माग राखी आमरण अनसनमा बसेका छन् ।

मंगलवार दिनभर विभिन्न चरणमा भएको वार्तामा चिकित्सा शिक्षा नीति र कानुन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति भएको नागरिक दैनिकमा खबर छ ।

काठमाडौ विश्वविद्यालयबाट हालै सम्बन्धनप्राप्त विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेजी, सम्बन्धनलगायत चिकित्सा शिक्षाको अन्य भ्रष्टाचारमाथि छानबिन गर्न न्यायिक आयोग गठन, आईओएम टुक्राएर कीर्तिपुर सार्ने निर्णय बदर, ग्रामीण क्षेत्रमा मेडिकल कलेज स्थापना, शुल्कसीमा निर्धारण लगायत विषयमा पनि सहमति भएको छ ।

विश्वविद्यालय तथा मेडिकल काउन्सिलका पदाधिकारी बर्खास्तगीमा भने सरकारी पक्षले ‘मध्यमार्ग’का रुपमा चेतावनीपत्र दिने प्रस्ताव गरेको छ । यो एउटामा मात्र दुवै पक्षबीच सहमति जुट्न बाँकी छ । डा. केसीले यसमा थप छलफल गरेर अझ ठोस कारबाही प्रस्ताव ल्याउन सरकारी टोलीलाई भनेका छन् । यो बुँदामा बुधवार विहान थप छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment