Comments Add Comment

संग्रहालयमा राख्नुपर्ने महेन्द्रमाला पगालिँदै

१८ चैत, काठमाडौं । राज्यद्वारा वितरण गरिने मानपदवी बनाउन राजा वीरेन्द्रले प्रयोग गरेको महेन्द्रमालालाई समेत पगालिने भएको छ । परातत्व विभागले भने यसलाई नपगाली संग्रहालयमा राख्न माग गरेको छ ।

राजा वीरेन्द्रको पालामा परमाधिपतिका साथै गद्दीसिन विदेशी राजा वा रानीका लागि भनेर पनि महेन्द्रमाला तयार गरिएको थियो । त्यसमध्येको एउटा महेन्द्रमाला नायारयणहिटी दरबार संग्रहालय छ भने अर्को महेन्द्रमालालाई तत्कालीन राजप्रसाद सेवाका कर्मचारीले भर्खरै घरेलु तथा साना उद्योग कार्यालयलाई बुझाएका छन् । घरेलु कार्यालयमा आइपुगेको महेन्द्रमालालाई पगाल्न लागिएको गोरखापत्रमा खबर छ ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले दुईवटा महेन्द्रमाला राखिरहन आवश्यक नरहेको बताए छ । ‘सर्वसाधारणले हेर्नका लागि नारायणहिटी संग्रहालयमा एउटा छँदै छ, अर्को राखिराख्न जरुरी छैन्, उनले भने । राज्यले प्रदान गर्ने मानपदवी घरेलु कार्यालयले बनाउने गरे पनि त्यसका लागि आवश्यक पर्ने बहुमूल्य धातु तथा रत्न गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment