Comments Add Comment

देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प

१८ चैत, काठमाडौं । चिकित्सकहरुले आजदेखि देशभरका अस्पतालको ओपीडी सेवा बन्द गरेका छन् । डा. गोविन्द केसीको माग प्रति सरकार प्रतिबद्ध नभएको र केसीका मागलाई सरकारले सम्बोधन गर्ने कुनै पहल नगरेको भन्दै चिकित्सक संघको आह्वानमा अोपिडी सेवा बन्द गरिएको हो । यसबाट बिरामीको बिचल्ली भएको छ ।
doctor on strick (1)
संघको मंगलबार बसेको बैठकले देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष अन्जनीकुमार झाले जानकारी दिए ।

अस्पतालमा भर्ना भएका बिरामीको रेखदेख गरेपनि नयाँ बिरामीलाई भर्ना हुन नदिने संघले जनाएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १० दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपनि उनका माग सम्बोधन गर्न सरकाले कुनै पहल नगरेको भन्दै ४८ घन्टा भित्र माग पूरा गरेर अनसन तोडाउने पहल नगरे सम्पूर्ण अस्पतालको आकस्मिक सेवा पनि ठप्प पार्ने चिकित्सक संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment