Comments Add Comment

इंग्ल्याण्डले इटलीसँग बराबरी खेल्यो

Andros-Townsend

१८ चैत, काठमाडौं । आन्द्रेस टाउनसेन्डको उत्कृष्ट गोलका मदतमा इंग्ल्याण्डले इटलीसँग बराबरी खेलेको छ ।

मंगलबार राति भएको खेलमा मैत्रिपूर्ण फुटबलमा इंग्ल्याण्डले १-१ को बराबरी खेलेको हो ।

घरेलु मैदान टोरिनामा भएको खेलमा इटलीले २९ औं मिनेटमा ग्राजिआनो पेलको गोलबाट अग्रता लिएको थियो । एक गोलको अग्रतासँगै इटली जितको बाटोमा गइसकेको थियो ।

तर, इंग्ल्याण्डका प्रशिक्षकले निकै प्रयोगात्मक खेल खेले र अनुभवी खेलाडीहरुको स्थानमा नयाँलाई मौका दिए । ७० औं मिनेटमा टाउनसेन्ट मैदान प्रवेश गरे ।

तर, ७९ औं मिनेटमा टाउनसेन्डले उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई हारबाट जोगाए । उनले २३ यार्ड टाढाबाट हानेको बल रोक्न इटलीका भेट्रान गोलकिपरले कुनै मौका नै पाएनन् ।

अर्को मैत्रिपूर्ण खेलमा नेदरल्याण्डले स्पेनलाई २-० ले पराजित गरेको छ । कप्तान क्रिष्टियानो रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगललाई केप भर्डे आइल्याण्डले २-० गोल अन्तरले नै पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment