Comments Add Comment

कसले उछिट्यायो प्रधानमन्त्री कोठाबाट ६ करोड ?

Pm-Susil-koirala

१८ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पार्टी महाधिवेशनको लागि जोगाएर राखेको ६ करोड रुपैयाँ बेपत्ता भएको छ ।

आफूले महाधिवेशनमा खर्च गर्ने गरी जोगाएर राखेको ६ करोड रुपैयाँ एकाएक गायब भएपछि कोइरालाले आफू निकटका एक वरिष्ठ नेतासँग रोइकराई गरी पैसा गायब भएको खबर सुनाएको जनआस्था साप्ताहिकमा खबर छ ।

कोइरालाले ती बरिष्ठ नेतासँग भनेका थिए,-‘हेर्नुस्,न पार्टीलाई भनेर अलिअलि पैसा जम्मा गरी राखेको थिएँ । त्यो लक्ष्मण जम्मै लगिदियो ।’ रकम कति थियो भन्ने प्रश्नमा कोइरालाले जवाफ दिए-‘६ करोड मात्रै हो ।’

लक्ष्मण ढकाल केही महिनाअघिसम्म कोइरालाका स्वकीय सचिव थिए । अहिले प्रधानमन्त्रीको बेडको चावी मृदुला कोइरालासँग छ ।

प्रधानमन्त्री सुशील कोइराला आगामी भदौमा हुने पार्टीको महाधिवेशनबाट सभापति र प्रधानमन्त्री दुवै पदमा रहिरहने प्रक्रियामा जुटेका छन् । त्यसैका लागि उनले हितैषीमार्फत जुटाइको ६ करोड रुपैयाँ गायव भएको बताइएको छ ।
यसअघि पनि प्रधानमन्त्री कोइरालाको कोठाबाट १२ लाख रुपैयां हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment