Comments Add Comment

राजनीतिज्ञले संगीतकारबाट सिक्नुपर्छः टीका भण्डारी

tika-bhandariअहिलेसम्म ७५० वढी गीतमा संगीत दिएका छन् टिका भण्डारीले । दुई दर्जन बढी चलचित्रमा संगीत भरेका भण्डारी पछिल्लो समय आधुनिक संगीतमा ब्यस्त छन् ।
राजनीतिशास्त्रमा टियुका गोल्डमिडलिष्ट (महेन्द्र विद्याभुषण पाएका)यी ब्यक्तिले संगीतमा भने आजसम्म गोल्डमेडलिष्ट हुने अवसर पाएका छैनन् । तर, पनि दुःखी छैनन् । भन्छन ‘म आफ्नो कामवाट सन्तुष्ट छु ।’

रोडियो नेपालका जागिरे भएकाले पनि आफ्नो गति अलि सुस्त हो कि जस्तो लाग्छ उनलाई । चलचित्र संगीतमा निस्क्रिय भएपछि धेरै साथीहरुले उनको वारेमा टिप्पणी पनि गरे- ‘टिका भण्डारीलाई जागिरलाई थिच्यो।’ यो भनाईमा केही सत्यता भएको स्वीकार्छन् उनी ।

बाध्यबादक भएर रेडियो छिरे
अहिले रेडियो नेपालका संगीत विभागका उप-निर्देशक भण्डारी वाध्यवादक भएर रेडियो छिरेका थिए । बि सं ०४३ मा बाजा बजाए वापत पैसा पाउने सर्तमा रेडियो नेपाल छिरेका भण्डारीले नारायण गोपाल, बच्चु कैलाश, तारादेबी, नातीकाजी, शिबशंकर लगायत धेरैका गीतमा बाजा बजाएका छन् । त्यसपछि भएको खुल्ला प्रतिस्पर्धामा भिड्दै भिड्दै उप- निर्देशक भएका हुन् ।

अहिलेको पुस्तालाई चित्त बुझ्दैन
अहिलेका पुस्ता वर्तमान नेपाली संगीतवाट पूर्ण सन्तुष्ट हुन नसकेजस्तो लाग्छ उनलाई । उनको बुझाईमा ‘अहिलेका स्रोताले क्वालीटी खोजेका छन् ।’ उनी भन्छन ‘अहिलेका स्रोता शब्द, संगीत र स्वरमा समेत चनाखो भएका छन् । स्रोतामा आएको यो परिपक्वताले संगीतकार, गायक र रचनाकारलाई समेत दबाब गर्ने उनको बुझाई छ ।

कतिपय कुण्ठाका गीत समेत चलेको प्रसंगमा भण्डारीलाई लागेको छ ‘समाजको प्रभाव कहिले काँही गीतमा पनि देखिन्छ ।’

भिडियो 

अमेरिकाले तानेन
एक वर्षअघि कार्यक्रमका लागि अमेरिका गएकै वेला अर्को हल्ला चल्यो ‘टिका भण्डारी पनि अमेरिका भासियो ।’ केही दिनमै यो कुरो उनको कानमा पुग्यो । कुरो सुनाउनेलाई जवाफ दिए ‘म कहिल्यै अमेरिका बस्दिन चाँडै नेपाल फर्किन्छु ।’

कार्यक्रमकाको सिलसिलामा अमेरिकाको धेरै शहर घुमेका भण्डारीलाई अमेरिकाको ब्यस्त दैनिकीले कहिल्यै तानेन । उनी भन्छन ‘अमेरिकाका मान्छेहरुसँग प्रसस्त पैसा छ । तर, मनमा शान्ति पटक्कै छैन ।’

आफ्नै एक साथीको अमेरिकामा १६ वटा ग्याँस स्टेशन भएको उदहारण दिंदै भने ‘सबै आम्दानी जोड्दा महिनामा १ करोड रुपैयाँ बढी कमाउँछन् तर, कहिल्यै हाँस्न जान्दैनन् । मलाई त्यस्तो जीवन मन पर्दैन ।’ उनले भने ।

धेरै नेपालीले सपनाको शहर भने पनि अमेरिकी जीवन यन्त्रिक हुँदै गरेको अनुभव गरेका यी संगीतकार मेसिन जीवनमा संवेदना र भावनाको मुल्य कम हुने बताउँछन् । ‘तिनका तुलनामा त हामी धेरै भाग्यमानी । हामी दुःखमा पनि हाँस्न सक्छौं ।’

अमेरिकामा बस्नेहरुको लगनशील शैली भने सिक्नलायक भएको देखे । भन्छन ‘नेपालमा १२ घण्टा सुत्नेहरु पनि अमेरिका पुगेपछि ४ घण्टा मात्रै सुत्छन, त्यो राम्रो हो ।’

tika-bhandari-2संगीतकार हुनुको दुःख
सानो बजार, धेरै उत्पादन । पछिल्लो समय धेरै संगीतकारले भोगेको साझा दुःख हो यो । बजार यति गञ्जागोल छ । आफुले उत्पादन गरेको राम्रै बस्तु बेच्न पनि गार्‍हो छ । डिजिटल मार्केटवाट राम्रो आम्दानी छैन । युटुवसँग मुलुकको सम्झौता नभएकाले धेरै सर्जक ठगिएको कुरा गरे । ‘यूटुबसंग अहिलेसम्म हाम्रो मुलुकले औपचारिक सम्झौता गरेको छैन । दोस्रो संस्था मार्फत काम गर्दा राम्रो कमाई हुन्न ।’

श्रीमति बाहेकलाई हेर्दिन
त्रिचन्द्र कलेजका विद्यार्थी हुँदा केही युवतीसँग राम्रै हिमचिम थियो उनको । कलेजमै गीतार बोकेर हिंड्ने उतिवेलाको अल्लारे केटोले केही युवतीलाई लट्ठै पार्‍यो पनि भन्थे ।

यी संगीतकारले बिहेपछि कहिल्यै दाँयाबाँया नहेरेको दाबी गरे । ‘मलाई त आफ्नै श्रीमति सबै भन्दा राम्री लाग्छ दायाँ बायाँ आँखा लाउँदिन ।’ केटीको पोष्टरले पुरुषलाई आकर्षण गर्छ जस्तो लाग्छ उनलाई ।  कतै जाँदा टिन एजका केटाकेटी डेट गरिरहेको देख्दा रमाईलो लाग्छ। त्यस्ता सिन देखेपछि कलेज जीवनको याद आउँछ रे उनलाई ।

संगीतकारसंग राजनितीज्ञले सिकुन्
नेपालको राजनीतिज्ञले गतिलो काम गरेनन् भन्नेहरुसँग सहमत छन् यी संगीतकार । राजनीति गर्नेहरुलाई सल्लाहको भाषा भन्छन ‘संगीतकारसंग सिक्नुस तपाईहरु ।’
उनको भनाई अनुसार एउटा गीतारमा १२ वटा स्ट्रीङग्स हुन्छ । एउटा तार कतै खुस्कियो त्यसको म्युजिकमा मिठास हुँदैन । त्यसकारण संगीतकारहरु आफ्नो बाजाको जतन गर्दै सबै वीङ्गसलाई सकुसल राख्छन् ।

त्यसकारण गीतारको धुनले धेरैलाई मोहित पार्छ । उनको निष्कर्ष छ-राजनीतिज्ञले आफ्ना वीङसलाई जतन गर्न जानेेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment